केटाहरुमा सवै भन्दा पहिला के हेर्छिन् केटीहरु ? अनि मात्र फैसला गर्छिन् ।

पुरै दुनियाँमा अचानक अनलाईन डेटिंगको प्रचलन ज्यादै वढिसकेको थियो लकडाउनको समयमा । कोही वाहिर निस्कन पाईरहेको थिएन, पार्टनरसँग भेटघाट गर्न पाईरहेको थिएन । सवै भन्दा राम्रो विकल्प भनेकै अनलाईन डेटिंगलाई लिइएको थियो ।

जसवाट एक अर्काको कुरा भन्न, विचार राख्न, भावना पोख्न सम्भव थियो । एउटा पपुलर डेटिंग वेवसाईट क्वैक–क्वैकले जारी गरेको रिपोर्टमा अनलाईन डेटिंगको धेरै नयाँ नयाँ ट्रेन्डको वारे मनछुने कुराहरु वताईएको छ ।

क्वैक–क्वैक को रिपोर्ट अनुसार अनलाईन डेटिंगमा ५५% पुरुष र ७७% महिलाहरु आ–आफ्नो पार्टनरसँग भावनात्मक लगाव खोजिरहेको थियो । यसको मतलव यो हो की अहिले मानिसहरु क्यजुअल डेटिंगवाट अगाडि वढि सकेको र फिजिकल कनेक्शनको सट्टा इमोशनल अट्याचमेन्टको लागि वढी प्राथमिकता दिइएको देखिएको छ ।

रिपोर्टको अनुसार २१ देखि ३० वर्ष उमेरकाहरु व्यक्तिगत रुपले एक अर्कालाई भेट्न मन पराउँछन् जवकी ३१ वर्ष भन्दा वढिकाहरु रियल कनेक्शनमा जोड दिन्छन् । त्यहीं २० वर्ष भन्दा कम उमेर समुहका ४६% व्यक्ति भर्चुअल डेटिङ्ग गर्न मन पराउँछन् ।

रिपोर्टले यो पनि देखाउँछ की धेरै व्यक्तिहरुले भर्चुअल डेटिङ्गको आधारमा पार्टनर छान्न नसकिने वताएको तर एकचोटी भेटघाट भए पछि भने आफ्नो पार्टनरसँग इन्ट्रेस्ट देखाएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस