सुनको मुल्य आज फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।आज ‍पनि छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो ।चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महानायक राजेश हमालले गरिखाऊ भनेर गरिब सुकुम्बासी लाई दिए ३ करोडको जग्गा
काठमाडौ । महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाललाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे । तर उनी बुवाको इच्छा विपरित कलाकार बने । त्यसैले उनको बुवासंग त्यती राम्रो सम्बन्ध पनि भएन । अन्तिम अवस्थामा पनि बुवालाई राम्रो सेवा गर्न नपाएकोमा हमाललाई अहिले पनि पछुतो छ । महानायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोडपति बनेका छन्

उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवारलाई दान दिएका छन् । फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् । यस अघि राजेश हमालकै परिवारलाई कामले सहयोग गर्नेहरुलाई उनीहरुले जग्गादान दिएका हुन् । हमालकै जग्गामा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गादान दिएका हुन् ।

चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् । उनीहरुको जग्गामा आश्रय लिएर बसेकाहरु हमालको जग्गा निकै धेरै रहेको बताएका छन् ।

राजेश हमालको हजुरआमाको निधन हुनुअघि उनकै इच्छा बमोजिम ति परिवारलाई जग्गा दान दिइएको हो । हमाललाई आफ्नो जग्गा जमिन कति छ भन्ने समेत सायद थाहा छैन होला । जवलपुरमा हमालको अथाह जमिन थियो । नवलपरासीको नवलपुरमा लामो समय सम्म बसेका हमालको त्यहाँ अरव मुल्य पर्ने जमिन छ ।

नेपाली कांग्रेसमा सकृय हमालका भाई राकेश हमालको केही समय अघि निधन भयो । उनी निधन हुनु अघि यो जमिनमा जाने गर्थे । जग्गा दान दिएकाहरुलाई पनि भेट्ने गरेका थिए । दुई वर्ष अघि मात्र हमाल परिवारले दान दिएका हुन् । खबर पत्रीका बाट

प्रतिक्रिया दिनुहोस