औषधीको भण्डार बदामको दैनिक सेवनले फाइदै फाइदा

भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवर्दक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ । बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ ।

बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ ।

बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ ।क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ ।

छालामा चमक
बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्याधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ ।
डिप्रेसनबाट जोगाउँछ
बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस् ।

कोलेस्टेरोल तह नियन्त्रण
बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।
डायबिटिजबाट जोगाउँछ
बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ । यसले डायबिटिजको समस्याबाट जोगाउँछ ।
क्यान्सरबाट बचाउँछ
बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुने हुँदा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ ।

स्ट्रोकको खतरामा कमी
बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
बदाम खानले एलर्जी रोक्छ
बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो ।शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले गराएको थियो । संस्थाले यो पत्ता लगाउनुलाई महत्वपूर्ण खोज भनेको छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस