लौ आयो !!! अचम्म लाग्ने नतिजा, हुनेभयो कोरोनाको उपचार कुष्ठरोगको औषधिले

गोर्खाली खवर ,

संसारमै हाहाकार मचाएको कोरोना भाइरसको उपचारको लागि विभिन्न देशहरुले रेमडेसिविर, टोसिलिजुमैव, हाइड्रोक्लोरोक्वीन जस्ता औषधिहरु वजारमा ल्याएका छन् । यि औषधिहरु महँगो हुनका साथ साईड इफेक्ट पनि हुने गर्छ । हाल आएर कुष्ठरोगमा उपचार गर्ने औषधी कोरोना भाइरसको लागि पनि प्रयोग गर्न सकिने कुरा वाहिर आएको छ ।

कोरोना भाइरसले हुने विमारी कोविड–१९ ले दुनियाँ भरि लाखौं मानिस प्रभावित भएको छ । कोविड–१९ को भ्याक्सिन आए पछि पनि यसले राम्रो काम गर्न सकिरहेको छैन । यो नै एउटा दरिलो विकल्प नभएकोले मेडिकलहरुले प्रोफेसनल उपचारको प्रयास गरिनै रहेको छ । यसैकारण एंटी भाईरसको औषधी रेमडेसिविर, आर्थराइटिसको औषधी टोसिलिजुमैव, एंटी मलेरियाको औषधी हाईड्रोक्लोरोक्वीन कोविड–१९ को उपचारमा प्रयोग गरिरहेका छन् । यहि औषधीहरुको माझ अव कुष्ठरोगमा प्रयोग हुने औषधि पनि कोभिड–१९ मा प्रयोग गर्न सकिने भनि अचम्म लाग्ने नतिजा वाहिर आएको छ ।

ताजा रिसर्चको अनुुसार कुष्ठरोगमा प्रयोग हुने औषधी कोविड–१९ को लडाईमा पनि प्रयोग गर्न सकिने छ । कुष्ठरोग एक संक्रामक रोग हो जसले छालालाई गम्भिर असर गर्ने गर्छ । यो रोग लागे पछि शरिरमा लाटोफुस्रो दाग आउने गर्छ । यो दागमा छुँदा विरामीले केही चाल पाउँदैन । दाग शरिरको कुनै पनि भागमा आउन सक्छ र समयमै उपचार नभए यो पुरै शरिरमा फैलिन सक्छ ।

हाल वैज्ञानिकहरुले मुसामा यो रोगको औषधी क्लोफफाजिंमाइनको परिक्षण गरिएको छ । रिसर्चवाट कुष्ठरोगको औषधी कोरोना भाइरसको विरुद्द कडा एंटी भाइरस भएको नेचर पत्रिकाले जनाएको छ । जसले गम्भिर कोविडवाट भएको दुखाई र सुजन भएको रोक्न समेत मद्दत गरेको छ । यहि नतिजाको आधारमा दोश्रो चरणमा मानिसमा चाँदै नै परिक्षण गरिने पनि जनाईएको छ ।

यूनिभर्सिटी अफ हंगकंगको प्रोफेसर भन्नु हुन्छ कि जुन जनावरलाई क्लोफफाजींमाइन दिएको थियो उनिहरुको फोक्सोमा कम क्षति भयो र भाइरसको लोड पनि कम भएको थियो । कुष्ठरोगको औषधि क्लोफफाजींमाइन एफडिएवाट स्विकृत गरिएको र विश्व स्वास्थ्य संगठनको आवश्यक औषधिको लिष्टमा सामेल गरिएकोछ । कुष्ठरोगको उपचारको लागि उक्त औषधि सन् १९५४ मा पत्ता लगाईएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस