यी महिलाले आफ्नो बाथरुमको ऐनापछाडि भित्ताको प्वालबाट हेर्दा जे देखिन, त्यसले बनायो सबैलाई चकित

काठमाडौं। आफ्नो बाथरुमको ऐनापछाडि भित्तामा सानो प्वाल पारेर त्यो प्वालबाट जान मिल्ने गरी बनेको पूरै अपार्टमेन्ट फेला पारेपछि एक महिला चकित परिन् । त्यो अपार्टमेन्ट तीन बेडरुमसहितको थियो र महिलालाई त्यहाँ यति ठूलो अपार्टमेन्ट भएको थाहा थिएन । अमेरिकाको न्यूयोर्क शहरमा यस्तो अपार्टमेन्ट भेटिएपछि समांथा नामकी यी महिला चर्चामा छिन् । उनले टिकटकमार्फत आफूले अपार्टमेन्ट फेला पारेको बताएकी छिन् ।

द गार्डियनको रिपोर्टअनुसार खासमा समंथाको बाथरुमबाट चिसो हावा आइरहेको थियो । उनको बाथरुममा कुनै झ्यान थिएन । सानो भेन्टिलेटर थियो तर त्यहाँबाट पनि हावा आइरहेको थिएन । उनले बाथरुममा ध्यानपूर्वक जाँच गरेपछि आफ्नो ऐनापछाडिबाट हावा आइरहेको थाहा पाइन् । भित्तामा राखिएको ऐना हल्लिइरहेको पनि थियो । उनले ऐना हटाएर हेर्दा त्यहाँ भित्तामा १ जना मानिस छिर्न सक्ने प्वाल थियो । प्वालको अर्कोपट्टि एउटा कोठा देखियो ।

अमंथाले मास्क, पञ्जा लगाएर हथौडा लिएर अर्कोपट्टि गइन् । उता गएपछि समंथाले त्यो एउटा खाली कोठा नभइ पूरै अपार्टमेन्ट थियो । यो अपार्टमेन्टको धेरै भाग राम्रोसँग बनाइएको थिएन तर गुजारा गर्न भने सकिने थियो । त्यति धेरै खाली स्थान त्यहाँ किन छ भन्ने विषयमा अहिलेसम्म कुनै खुलासा भएको छैन । यो एक रहस्य नै छ तर समंथाले यस विषयमा आफ्ना घरधनीसँग कुरा गर्ने बताएकी छिन् ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

प्रतिक्रिया दिनुहोस