डायबेटिक न्युरोप्याथी : रगतमा चिनीको मात्रा उच्च हुँदा खुट्टामा असर

विराटनगर / टाइप–२ डाइबिटिजले रगतमा चिनीको मात्रा असन्तुलन गराउनुका साथै शरीरमा विभिन्न समस्या र रोग निम्त्याउने काम गर्छ ।
समसयमा यसलाई नियन्त्रण नगरेमा यसले शरीरमा महत्त्वपूर्ण अङ्ग, स्नानु तथा नसाहरूलाई असर गर्न सुरु गर्छ । डायबेटिक न्युरोप्याथी लगातार रगतमा चिनीको स्तर उच्च भएको कारण हुन्छ । यसले प्रायजसो खुट्टाका स्नायुहरूलाई हानि गर्छ ।

न्युरोप्याथी विभिन्न किसिमका हुन्छन्, तर सबैभन्दा सामान्य पेरिफेरल न्युरोप्याथी हो । यस अवस्थामा खुट्टाको स्नायु प्रणालीलाई असर गर्छ, त्यसपछि हात र शरीरमा अन्य भागमा पनि क्षति सुरु हुन थाल्छ ।

तापमान परिवर्तन महसुस गर्न नसक्ने, खुट्टाले चाल पाउन छोड्ने, खुट्टा झमझम हुने वा पोलेको जस्तो हुने, दुखाइ, अल्सर, सङ्क्रमण, र हड्डी वा जोर्नीको दुखाइलगायतका खुट्टामा समस्या हुनु न्युरोप्याथी हुँदा देखिने सामान्य लक्षण हुन् ।
समस्याको गम्भीरताको आधारमा लक्षणहरू एक व्यक्तिबाट फरक हुन सक्छ ।

केहीले हल्का लक्षणहरू अनुभव गर्न सक्छन् भने कसैकाका लागि यो ठूलो असुविधाको कारण हुन सक्छ । खुट्टामा देखिने समस्याबाहेक डायबेटिक न्युरोप्याथीमा पाचन प्रणालीसँग सम्बन्धित समस्या हुने, पिसाबसम्बन्धी समस्या हुने, रगत र मुटुसम्बन्धी पनि समस्या हुनसक्छ । डायबेटिक न्युरोप्याथीलाई तीन चरणमा विभाजन गरिएको छ ।

पहिलो चरणमा केही समय अन्तरालमा खुट्टा झमझमाएको, दुखेको जस्तो महसुस हुन्छ । धेरैजसो मानिसले यी समस्यालाई सामान्य सोचेर बेवास्ता गर्ने गर्छन् । केही समयपछि दोस्रो चरणमा दुखाइ लगातार र तीव्र हुनसक्छ । हिँड्दा वा केही काम गर्दा खुट्टामा असहज हुने, दुखाइ हुने हुन्छ । डायबेटिक न्युरोप्याथीको तेस्रो चरण अति गम्भीर हुन्छ जसमा एक मानिसले दुखाइ, खुट्टा झमझम हुने वा कुनै पनि असहजता चाल पाउन छोड्छ

प्रतिक्रिया दिनुहोस