सोच्नै नसकिने गरी सुनको मुल्य आज फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज ‍पनि छापावाला सुन प्रतितोला ५०० रूपैयाँले बढेर ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो मूल्य शुक्रबारको तुलनामा ५०० रूपैयाँले बढेको हो ।चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नु होस:-श्रीमानकै साथीसंग माया बसेर भागेकी श्रीमतीले श्रीमानलाइ फोन गरेर भनिन्, ‘तिम्रो माया धेरै लग्यो मलाई लिन आउ’
आफू कतारबाट आउँदा विमानस्थलमा लिन आउँछु भन्ने श्रीमती अचानक भागेपछि तनावमा रहेका कालिकोटका रमेश चन्द कालिकोटबाट काठमाडौं जाँदै थिए । श्रीमती राधिका हराएपछि दुखि बनेर श्रीमतीकै खोजीका लागि यता उता भौतारिएका उनि श्रीमती हराएको सूचना टेलिभिजनमार्फत प्रसार गरे खोजीका लागि सजिलो हुने ठानेर काठमाडौं जान लागेका रहेछन् ।

धादिङको नौविसे पुग्नै लाग्दा उनलाई हराइरहेकी श्रीमतीको मोबाइल नम्वरबाट फोन आयो । आफ्नो मोबाइलमा श्रीमतीको नम्बरबाट फोन आएको देखेर हत्तपत्त कल रिसिभ गरेका रमेशको कानमा श्रीमतीको आवाज पर्यो ‘बुढा म बुटवलमा छु छिटो लिन आउ ।’ श्रीमतीको यो बोली सुनेपछि काठमाडौं जाने बस बीच बाटोमै रोकेर उनि बसबाट उत्रेर र अर्को गाडी समातेर बुटवल हानिए । बुटवलको एक होटलमा बसिरहेकी राधिका श्रीमानलाई लिन बुटवल बसपार्कमा पुगे र उनलाई लिएर होटलमा गए ।

होटलमा पुगेपछि राधिकाले श्रीमान रमेशलाइ अँगालो हालेरहाल्दै भनिन् ‘बुढा मलाई माफ गर ।’ श्रीमानसँगै कालिकोट फर्किएकी राधिकाले भनिन् ‘श्रीमानलाई सबै कुरा बताएँ र अहिले उँहा संगै आएँ ।’ श्रीमानलाई छाडेर अर्के केटासँग भाग्न खोजेकी राधिकाले आफूले बेलामा वुद्धि नपुर्‍याउँदा झण्डै ठूलो दुःख पाएको बताइन । उनले भनिन् ‘त्यो केटाको लहलहैमा लागेर मैले झण्डै घरबार बिगारेको ।’

श्रीमानलाई लिन काठमाडौं जान्छु भनेर घरबाट निस्केकी राधिका बाटो बदलेर बुटवल पुगिन । बुटवलको एक होटलमा कोठा लीइन, मोबाइल फोन अफ गरेर बासिन ।

बुटवलको होटलमा रात बिताइरहँदा उनलाई ६ गते बेलुका कतारबाट काठमाडौं ओर्लदैं गरेका श्रीमानको सम्झना आयो । घरमा छोडेर हिँडेका १ बच्चाको मायाले मन भक्कानियो । ‘कस्तो परिवन्दमा परिएछ जस्तो लाग्यो’ राधिकाले भनिन् ‘त्यहि दिन एक मन त फर्किऊँ जस्तो पनि लागेको थियो, फेरि जे सुकै होस् भनेर बसें ।’ राधिकालाई यसरी परिवन्दमा पार्ने पूर्वतिरका एक युवक रहेछन् जोसँग उनको ४ वर्षअघि चिनजान भएको रहेछ । रमेशले राधिकालाई पनि सँगै कतार लिएर गएका थिए । त्यहाँ ती युवक र राधिकाले एउटा कम्पनिमा सँगै काम गरेका थिए।

‘त्यो पनि त्यही कम्पनीमा काम गर्थ्यो’ राधिकाले पुराना दिन सम्झिँदै भनिन् ‘खै कसरी हो, ऊ र म नजिक भयौं ।’ यो सम्बन्ध थाहा पाएपछि रमेश २ वर्षपछि श्रीमतीलाई लिएर नेपाल आए। श्रीमतीलाई गाउँमै छाडेर उहाँ फेरि कतार उडे ।

भौगोलिक रुपमा टाढा भएपनि राधिका र ती युवकलाई प्रविधिले नजिक बनाईदियो । राधिका पति रमेशलाई भन्दा ती युवकलाई बढी फोन गर्न थालिन । पछि आफूले गलत गरेको जस्तो लागेर ती युवकसँगको सम्बन्ध तोड्न चाहेको जानकारी दिँदै राधिकाले भनिन् ‘पछि त उसले मसँग बिहे गर् नत्र तेरो लोग्नेलाई यहीँ मा’र्दिन्छु भन्थ्यो ।’

कतारमै रहेका ती युवकले दवाव दिएर आफूलाई भाग्न बाध्य बनाएको राधिका बताउचिन । ‘बुढो नेपाल फर्किनु अघिनै भागेर कतै बस्दै गर’ ती युवकले कतारबाट फोनमा भनेका कुरा राधिकाले सुनाइन् ‘नेपाल आए पछि बिहे गरौंला भनेको थियो ।’

सुरेशको घर फर्किने दिन नजिकिन थालेपछि उसले कतारबाटै फोनमा ध म्की दिएको राधिकाको दावी छ । पछिल्लो समय फेसबुकमार्फत पनि राधिका र ती युवकको कुराकानी हुने गरेको रहेछ । ‘फेसबुकका सप्पै म्यासेज सबैलाई देखाइदिन्छु भन्यो’ राधिकाले भनिन् ‘कम्युटरबाट मिलाएर नाँ’गै फोटो फेसबुकमा राख्दिन्छु भन्यो, त्यस्तो बे’इ’ज्जत हुनुभन्दा त त्यहीसँग जान्छु भनेर म घरबाट हिँडें ।’

पाँत दिन भरतपुरको एउटा होटलमा बिताएपछि राधिकालाई फेसबुक च्याटमा भएका अरु साथीहरुले राधिकाबारे प्रकाशित समाचार बारे बताए । समाचार हेरेपछि श्रीमानको माया लागेर आएको राधिका बताउछिन् । श्रीमानले आफूलाई खोज रहेको समाचार पढेपछि फोन गर्ने जाँगर चलेको राधिकाले सुनाइन्। श्रीमतीसँगै कालिकोट फर्किएका रमेशले हराएकी श्रीमती पाएकोमा खुसी लागेको बताए । ‘अब त्यो केटालाई कहिल्यै फोन गर्दिन भनेकी छ’ रमेशले भने‘केही बिग्रेको छैन भन्दै फिर्ता लिएर आएँ ।’

रमेशले कमाएको पैसा सबै बैंकबाट निकालेर हिँडेकी राधिकाले होटलमा बस्दा मासिएको बाहेक अरु पैसा फिर्ता ल्याएकी छन् । नेपाल उत्रेको एक हप्तासम्मको तनावपछि घर फर्किन लागेका रमेशले जाँदाजाँदै भने ‘सर, विदेशमा भएका अरु साथीभाइलाई चैं मलाई जस्तो नपरोस् है ।’

प्रतिक्रिया दिनुहोस