वलिउड एक्ट्रेस आलिया भट्टलाई जलपरीको संज्ञा

गोर्खाली खवर,

वलिउड एक्ट्रेस आलिया भट्टले सोशल मिडिया मा आफ्नो एक तस्विर शेयर गरेकि छिन् । उक्त तस्विरमा आलिया अन्डरवाटर स्विमिंग गर्दै गरेको देख्न सकिन्छ । यस तस्विरको शेयर गर्दै क्याप्सनमा यो सवै भन्दा वेष्ट दिन भनि लेखिएको छ ।

तस्विरमा आलिया टु–पिस स्विमसूटमा स्विमिंगपुलको भित्र स्विमिंग गरिरहेको देख्न सकिन्छ । आलियाको उक्त फोटो फ्यानहरुलाई ज्यादै मन परेको छ र उनलाई जलपरीको उपनाम दिईएको छ । केही समय अगाडी आफ्नो गर्ल ग्याँगको साथ आलिया भ्याकेसन मनाउन माल्दिभ्स् गएकि थिईन् । जहाँ उनि यस्तै विकिनीको पोजमा देखिएकी थिईन् ।

यहि १५ मार्चमा उनले आफ्नो २८ वर्षको जन्मदिन भव्यरुपमा सेलिव्रेसन गरेकी थिईन् । यहि मौकामा उनको मेन्टर करण जौहरले एउटा सानदार पार्टीको आयोजना गरेको थियो । जसमा दीपिका पादुकोण, रणविर सिंह, अर्जुन कपुर, मलाईका अरोडा सहित अन्य धेरै सेलिव्रेटीहरु सामेल भएका थिए ।

यो जन्मदिन उनको लागि केही खास पनि भएको थियो । किनकी आलियाको अपकमिंग फिल्म आरआरआर को फस्र्ट लुक उनकै जन्म दिनको दिन जारी गरेको थियो । यस फिल्ममा आलिया सीता नामकी केटीको भुमिकामा छिन् ।

 

प्रतिक्रिया दिनुहोस