सोच्नै नसकिने गरी फेरि एक्कासी घट्यो सुनको भाउ, तोलाको कति हेर्नुहोस ?

काठमाडौँ– आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ ।सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजोभन्दा प्रतितोला २ सय रुपैयाँ सस्तिएको सुन प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो।आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भुइँकटहर खानुका यस्ता छन् आश्चर्यजनक फाइदा, कस्ता बिरामीले खान हुँदैन ?
काठमाडौं – भुइँकटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । अमिलो र गुलियो स्वाद भुइँकटहरमा प्रशस्त पोषक तत्व हुन्छ । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन लगायतका विभिन्न तत्वहरु पाइन्छ ।

भिटामिन सी प्रशस्तमात्रा पाइने भुइँकटहर मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। यस्तै यसमा निकै कम फ्याट हुन्छ। कम क्यालोरी हुने भुइँकटहरले तौल घटाउन पनि सहयोग गर्छ ।

भुइँकटहर खानुका यस्ता छन् फाइदा
हड्डी बलियो बनाउने – उच्च म्याग्नेसियम भएको भुइँकटहरले हड्डी र तन्तुलाई बलियो बनाउने गर्छ । एक कप भुइँकटहरको जुसले शरीरमा म्याग्नेसियमको ७५ प्रतिशत मात्रा पूर्ति गर्दछ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि – भुइँकटहरको सेवनले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ । यसमा भिटामिन सी प्रशस्त पाइने भएकाले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधि पनि बढाउछ ।

क्यान्सर – भुइँकटहरले क्यान्सर हुनबाट पनि बचाउँछ । यसमा एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन लगायतका तत्वहरु पाइने हुनाले मुख, घाँटी तथा स्तन लगायत विभिन्न क्यान्सरबाट बचाउछ ।

घाउ चाँडो निको पार्छ – भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्छ । किनकी यसमा भिटामिन सी प्रशस्त पाइन्छ ।

पाचन प्रणाली मजबुत – यसको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचापको समस्या समाधान गर्छ ।

यस्तै यसको सेवनले दममा राहत दिने, प्रजनन क्षमतामा वृद्धि गर्ने, रक्त सञ्चालनमा सुधार गर्ने, मुटुको रक्षा गर्ने, रक्तचाप नियमित गर्न सहयोग पनि पुर्याउछ ।

कसले खान हुँदैन
– भुइँकटहर गर्भवती महिलाले नखानु नै राम्रो हुन्छ । भुइँकटहर खानाले गर्भपतन हुन सक्ने भएकाले धेरै खान हुँदैन ।

– यो गुलियो हुने हुनाले मधुमेहका बिरामीले पनि सकेसम्म नखानु नै राम्रो हुन्छ ।

– यसमा पोटासियम हुने हुनाले मिर्गौलाका बिरामीले नखानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस