के तपाईलाई थाहा छ ? वृहस्पतिमा ह्यान्डगनको गोलीको गति भन्दा हावाको गति तिव्र – एक अध्ययन ।

गोर्खाली खवर, सौर्य परिवारको एउटा ग्रह वृहस्पतिमा हावाको गति प्रतिघण्टा ९०० माईल सम्म पुग्ने कुरा एउटा अध्ययनवाट पत्ता लागेको छ । जुन पृथ्वीमा आउने सवै भन्दा ठूलो तुफान भन्दा ३ गुणा वढि तीव्र गतिको हुने गर्दछ ।

ल्यावोरोटोरी डि एस्ट्रोफिजिक डि वोर्डेक्सका खगोलविदहरुले छोडेको ट्रयाक अणुहरु, धुम्रकेतु शुमेकर लेभी सहित सन् १९९४ मा वृहस्पतिमा प्रवेश गरेको थियो । यसैवाट वृहस्पति ग्रहमा ९०० माईल प्रतिघण्टाको गतिमा आँधीवेहरी चल्छ र ति आँधीवेहरी ५६० माईल सम्म अग्लो हुन्छ भन्ने पत्ता लागेको थियो । यसको तुलना गर्दा हाम्रो पृथ्वीमा शक्तिशाली भनेका तुफानहरु जम्मा २५० माईल प्रतिघण्टा र जम्मा ३ माईल अग्ला मात्र छन् ।

वृहस्पतिमा वायुमण्डलको अंश नभएको कारण क्लाउड तह विचको हावा कत्तिको कडा हुन्छ भनेर नाप्न नसकेको कुरा खगोलविदहरुल वताउँछन् । वृहस्पतिको हावाको वारेमा अध्ययन गर्ने लेखक डा। थिवोल्ट काभलि र उनका सहयोगीहरुले वृहस्पतिमा प्रत्यक्ष वायुमण्डलीय जेट नापेका छन् जुन पृथ्वीको जेटस्ट्रिम जत्रै छन् ।

प्रतिक्रिया दिनुहोस