इतिहासमा पहिलो पटक यति धेरैले घ’ट्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

काठमाडौँ– सुन–चाँदीको भाउ आज पुनः घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले झरेको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८६ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसैगरी, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्ता छन् निम पानी खानुका फाइदा
काठमाडौँ- निम स्वास्थका लागि निकै फाइदाजनक रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको छ ।

यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानीमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।

निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, घाउ, पेटको समस्या, कपाल झर्ने समस्यालगायत टाढा हुन्छन्।

निमको काडाँ वा यसको पानी पिउनुस् । निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।यदि गम्भिर रोगहरुबाट बच्न चाहनुहुन्छ भने आजैदेखि निम पानी पिउन सुरु गर्नुस् ।

दाँतका लागि लाभदाय निमको पानी पिउँदा मुख स्वस्थ रहन्छ । यसले दाँत र गिजासँग जोडिएका समस्या टाढा हुन्छन् । किनकी यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, यसले दाँतमा विद्यमान ब्याक्टेरिया सफा गर्छ ।ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने गन्ध पनि टाढा भाग्छ । दाँतसँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ ।

छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ । डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि निम पानी सेवनले राहत दिन्छ ।- एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस