सुशांत सिंह राजपुतका मृत्यूको ९ महिना पछि गलफ्रेन्ड अंकिता लोखंडेले ब्रेकअप वारे पोल खोले – उसले छोेडेको हो, मैले होईन

गोर्खाली खवर,

वलिउड नायक सुशान्त सिंह राजपूत १४ जुन २०२० मा आफ्नो फ्ल्याटमा मृत भेटिएको थियो र अहिले उनको मृत्युको ९ महिना पुरा भईसकेको छ । तर अहिले पनि उनको र गलफ्रेन्ड अंकिता लोखंडेको सम्वन्धको चर्चा चलिरहेकै छ । २०१६ मा सुशान्त र अंकिताको ब्रेकअप भएको हो, तर अहिले सम्म पनि कसैलाई थाहा छैन की यसको कारण के हो ।

एक न्युज च्यानललाई दिएको इन्टरभ्यूमा अंकिताले अहिले मानिसहरु मलाई, सुशान्तलाई तैंले छोडिस् भन्छन् । सव तैंले नराम्रो गरिस् भन्छन् तर वास्तवमा मेरो कहानी कसैलाई थाहा छैन । म यहाँ कसैलाई पनि आरोप लगाईरहेकी छैन । मलाई लाग्छ सुशान्तलाई राम्ररी थाहा छ उनलाई के चाहिएको थियो । उसलाई स्पष्ट थाहा थियो कि क्यारियर अगाडि वढाउनु पर्छ भन्ने । उनी मलाई छोडी क्यारियरको लागि आगाडी वढे ।

अंकिता भन्छिन्, सुशान्त त आगाडि वढे तर अढाई सालसम्म मैले धेरै नराम्रो झेल्नु पर्यो । यस्तो थियो की म वेडमा सुतिरहन्थे, कसै सँग कुरा गर्न मन हुँदैनथ्यो । न आमा सँग न वावा सँग । म आफु भित्र नै रहन्थें । मेरो दिमागमा यति कुरा चलिरहन्थ्यो कि म के गरु ? के म आत्महत्या गरुँ ? साथीहरु र आफन्तले तँ पागल भईसकी के हो किन अहिले सम्म सुशान्तको फोटो नहटाएको भन्थे । तर म उनिहरुसँग यसवाट निस्कन टाईम चाहिन्छ भन्थें ।

सुशान्तको मृत्यु पछि सोशल मिडियामा अंकिता ट्रोल्स्को शिकार पनि भइन् । उनको वारेमा आपत्तिजनक ट्रोल पनि आएको थियो । केही व्यक्तिले त अंकिताले साथ नछोडेको भए सुशान्त अहिले जिउँदै हुन्थ्यो सम्म पनि भने । अंकिताले यसरी मानिसहरुले आफुमाथि ब्रेकअपको दोष दिएर औंला उठाउँदा साह्रै दुःख लागेको वताउँछिन् । अंकिता अगाडि भन्छिन्, म कसैलाई पनि दोष लगाइरहेकी छैन, तर उसको आफ्नै तरिका थियो, उ आफैले चुनेको वाटो हो । म के गरु ? म उनलाई पर्खिंदै वसुँ ? मैले पर्खें पनि । धेरै पर्खें तर ………..

अंकिताले उनिहरुलाई पनि जवाफ दिए छन्, जो सुशान्तको मृत्यु पछि पनि उसको परिवारको साथ राम्रो सम्वन्ध र पब्लिसिटी वनाईरह्यो भन्नेहरुलाई । उनि भन्छिन्, कहिले काहीँ एकदम नराम्रो लाग्छ तिमी को हौ मलाई यस्तो भन्ने । सुशान्त त नफर्किने गरि गईसक्यो । आज म उसको परिवारको साथ छु । मैले सधैं उसको परिवारको साथ दिनु र्पछ । हाम्रो व्रेकअपको ४–५ वर्षसम्म पनि मैले उसको परिवारको साथ राम्रै सम्वन्ध वनाई राखेकी थिएँ ।

प्रतिक्रिया दिनुहोस