के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि सोहि मुल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्तैगरी आजआज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैंयाले घटेर तोलामा १ हजार २ सय ४० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष

काठमाडौँ – दैनिक अण्डा खानाले तपाइँको वजन बढ्छ भन्ने पिरले ग्रसित हुनुहुन्छ। त्यसो हो भने तपाइँलाई खुशीको खबर छ।जुन अन्डालाई तपाइँ हानिकारक सम्झनुहुन्छ त्यही अण्डा अब तपाइँको लागि औषधि सावित हुने अध्ययनले देखाएको छ।

अन्डाको सेतो भागमा कुनै नकारात्मक असर हुदैन तर रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको एक अध्यनमा पत्ता लागेको हो।

विश्वको सबैभन्दा ठूलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा रहेको अध्ययनको अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यु को भनाइ छ ।

हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि, अन्डालाई अविश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि निस्किएको छ।

अन्डाको पहेंलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेंलो भाग खान नचाहनेहरुका बिचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय छ । अहिले आएर पत्ता लागेको छ कि यसले रक्तचापलाई समेत नियन्त्रणमा राख्ने अनुसन्धानकर्ताले जनाएका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस