सर्वोच्चले संसद भंग सच्चाए पनि अकाशमा अझै कालो वादल मडारिरहेको – अध्यक्ष दाहाल

गोर्खाली खवर,

२०७७ चैत्र १० गते, धुलिखेलमा भएका नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले संवोधन गर्नु भएको छ ।

संवोधनमा उहाँले एक पल्ट फेरी राष्ट्रलाई खतरा रहेको वताउनुृ भएको छ । राष्ट्र र सवै देशवासीको भाग्य नै खतरामा रहेको र आफ्नो वारे आफै निर्णय गर्ने कुरामा जोखिममा पारिएको भन्नु भएको छ ।

नेपाली जनताले पहिला वाहिरी हस्तक्षेपवाट नभई आफै निर्णय गरी गणतन्त्र तथा संविधान घोषणा, शान्ति सम्झौतामा हस्ताक्षर गरेको थिए । तर अहिले आएर हस्तक्षेप भएको उहाँले महशुस गर्नु भएको छ ।

जसरी हामीले पहिला आफ्नो वारे निर्णय लिएका थियौं, त्यसरी नै एक चोटी विश्वलाई फेरी देखाउनु परेको छ की हामी आफ्नो वारे निर्णय लिन सक्षम छौं, कसैको राय सुझाव या आदेश आवश्यक नभएको पनि वताउनु भयो ।

उहाँले जसरी संसद भंग गरियो त्यो असम्वैधानिक भएको र त्यसलाई राष्ट्रले अदालत मार्फत सच्याईसकेको पनि वताउनु भयो । सर्वोच्चले सच्चाए पनि अझै खतराको कालो वादल मडारिरहेको तर्फ संकेत गर्नु भएको छ ।

राजनीतिक पार्टिहरुलाई आफ्नो चेतना दह्रो वनाएर एकतावद्ध हुन र यदि नभए अझै खतरा रहेको तर्फ पनि संकेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस