श्रीमानको भारतमा मृत्यु भएपछि मायाको परिवार विच्चलीमा,सहयोगका लागि अपिल

बैतडी, १२ चैत

बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ बरभैयाका भानबहादुर बिष्टको रोजगारीका लागि भारत गएकै ५ दिनमा मृत्यु भएपछि अहिले उहाँको परिवार विचल्लीमा परेको छ । गएको फागुन २२ गते भारत गएका भानबहादुर गएको ५ दिनमै यो संसारबाट बिदा भएपछि उहाँको परिवारको अहिले विच्चली भएको स्थानीय चन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो ।

श्रीमानको मृत्यु भएपछि ५ जना बालबालिकाहरुलाई पालनपोषणका लागि निकै समस्या भएको माया बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘घरको आधार नै ढलेपछि कसरी परिवार पाल्नु ? ५ जना बालबालिकाहरुलाई कसरी हुर्काउनु?’सानो उमेरका छोराछोरी बुवाको बाटो कुरीरहेका छन् भने बुवा कहिले नफर्कने गरेर अस्ताएका छन् । भानबहादुर बिष्ट अस्ताएसंगै ५ जना बालबालिकाको जिम्मेवारी माया बिष्टको काँधमा परेको छ ।

अहिले माया बिष्टलाई छाक टार्नै मुस्कील भएको उहाँका छिमेकी हिम्मतबहादुर बिष्टले बताउनुभयो । ‘छिमेकीबाट अ‍ैचो—पैँचो मागेर मायाले गुजारा चलाइरहनु भएको छ ।’उहाँले भन्नुभयो, ‘२ लाख ५० हजार ऋण पनि रहेछ,तर उहाँलाई एक छाक टार्नै मुस्किल छ ।’

समूहबाट ऋण निकालेर श्रीमतीलाई भैँसी किनेर,आफू कमाउन भारत गएका भानबहादुरको उतै मृत्यु भएपछि परिवारलाई निकै अप्ठ्यरो भएको छ । मायाको परिवारमा विचल्लीमा रहेका उहाँको परिवारलाई सहयोग गर्न स्थानीय समाजसेवी चन्द्रबहादुर बिष्टले बताउनुभयो ।

मायाको परिवार लाई सहयोग गर्न अहिले चन्द्रबहादुर बिष्टको नेतृत्वमा सहयोग सङ्कलन अभियान नै सञ्चालन भइरहेको छ । सहयोग गर्न इच्छुकले चन्द्र बहादुर बिष्टको नाममा रहेको एनआइसि एसिया बैङ्कको खाता नम्बरमा १६८७९८६५११०५२४०१ रकम सहयोग गर्न सक्ने बताइएको छ ।

सङ्कलन भएको रकम पीडित परिवारलाई प्रदान गरिने बिष्टले बताउनुभयो । समस्यामा परेका मायाको परिवारको बारेमा थप जानकारी लिनका लागि चन्द्र बिष्टको मोबाइल नम्बर ९८५१२७४२११ र हिक्मत बिष्टकोे मोबाइल नम्बर ९८४८९८९४३८मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस