आज चर्चिच अभिनेत्री झरना थापाको जन्मदिन, फेसबुक मार्फत शुभकामनाको ओईरो

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री झरना थापाको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ४० औं जन्मदिन मनाउदैछिन् । उनी प्युठान जिल्लामा जन्मिएकी हुन् । चलचित्र धर्मसंकटबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरनाले हालसम्मम धेरै चलचित्रमा अभिनय गरेकी छिन् ।

१६ वर्षको उमेरबाट नेपाली चलचित्र क्षेत्रमा अभिनय सुरु गरेकी यि सुन्दरी नायिकाले दाइजोमा अभिनय गरेर डेब्यू गरेकी हुन् । धर्म संकट, जीवन साथी, अञ्जली, सुख दुख, मुग्लान, लगायतका कैयौँ हिट फिल्म दिएकी झरना एक समयकी सर्वाधिक ब्यस्त र बढी खोजीने नायिकाको सूचिमा पर्थिन् ।

आज परेको जन्मदिन उनले घरमै परिवारसँग मनाउदैछिन् । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण उनी अहिले घरमै छिन् । जन्मदिनको अवसरमा उनलाई पति सुनिल कुमारले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिएका छन् ।

उमेर ढल्कदै गएपछि अक्सर हिरोइनहरु निर्माणमा होमिन्छन् भन्ने एक चर्चा नेपाली सिनेक्षेत्रमा चल्दै आइरहेको छ । निर्देशनको कमाण्ड सम्हाल्ने साहसचाहिँ ज्यादै थोरै हिरोइनमा मात्र हुन्छ । त्यस्तै आँट देखाएकी छन् झरना थापाले ।

उनले ए मेरो हजुरको सिक्वेल पहिलोपटक निर्देशन गरेकी थिइन् । केहि वर्ष अघि प्रदर्शनमा आएको सो फिल्मबाट उनले निर्देशनमा सफलता हात पारिन् । त्यस पश्चात् उनले ए मेरो हजुरकै तेस्रो सिक्वेलमा आफ्नै छोरी सुहाना थापालाई सिने जगतमा हिरोनिको रुपमा डेब्यु गराउदै निर्देशन गरिन भने यतिबेला ‘ए मेरो हजुर ४’ को जोडतोडले सुटिङ्ग भैरहेको छ ।

उनका मुगलान, हामी तीन भाई, म तिमिबिना मरिहाल्छु, तक्दीर, ए मेरो हजुर, सुखदुख, लगायतका फिल्म दर्शकमाझ चर्चित फिल्म हुन् । २ दशक भन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय झरना पछिल्लो समय निर्देशन समेत गर्न थालेकी छन् ।

प्रतिक्रिया दिनुहोस