क्रिप्टीक प्रेग्नेन्सी – वच्चालाई जन्म नदिएसम्म गर्भाधान भएकै थाहा भएन, महिलाको आश्चर्यजनक कुरा ।

गोर्खाली खवर,

एक ब्रिटिश महिलाले छोराको जन्म दियो, त्यो पनि आफ्नै घरको भान्साघरमा । किनकी पुरा ९ महिना हुँदा पनि उसलाई आफु प्रेग्नेन्ट भएको थाहा भएन । उसलाई त वच्चा जन्म दिए पछि पनि भरोसा भएको थिएन । त्यसैले उसले वच्चा जन्मेर १२ घण्टासम्म पनि अनुहार हेरेको थिएन । उक्त महिलाको नाम थियो, क्लेयर वीजेमन ।

क्लेयर वीजेमन वताउँछन्, यसलाई यो कुराको आभास नै थिएन कि उसको शरिर भित्र एक सानो वच्चाको ज्यान छ भनेर । अक्सफोर्डमा वसोवास गर्ने क्लेयरले भने, उसको ब्वाईफ्रेन्डको नाम वेन हनी हो ।

त्यस दिन उनि किचेनमा काम गर्दै थिइन्, अचानक दुखाई महसुस भयो र आफ्नो आमासँग मद्दत लिएँ । उसकी आमाले जव उसको हालत देख्यो त उ कराई, एक छिन पछि उनले छोराको जन्म दिए ।

उनले भनिन्, उसको वजन पनि वढेको थिएन र सामान्य जिन्दगी चलिरहेको थियो । पार्टी गरिरहेकी थिए, त्यही समय वच्चा भयो । ५ मिनेट भित्र एंवुलेन्स आयो र आमा छोरालाई अस्पतालमा लग्यो ।

वच्चाको वजन पनि सामान्य वच्चा सरह ३.४८ किलो थियो । पछि आमा आएर मलाई सम्हाल्यो । वच्चाको नाम फिनले राखेको छ ।

क्लेयरलाई क्रिप्टीक प्रेग्नेन्सीको कारण त्यस्तो भएको हो । क्रिप्टीक प्रेग्नेन्सी एक टर्म हो । जसमा हार्मोनल या अन्य कुनै समस्याको कारण धेरै चोटी प्रेग्नेन्सीको समयमा पीरियड्स् आउने गर्छ । यस्तोमा केही थाहा नहुन सक्छ । मेनोपाजको समयमा पनि यस्तो हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस