बलिउडका यी ७ सुन्दरीः जसलाई मेकअप गर्नै पर्दैन, छन् दुध जस्तै गोरी

बलिउडका केहि अभिनेत्री प्राकृतिक रूप मै गोरा र सुन्दर छन् । जसलाई शरिरकाे सर्जरीको कुनै आवश्यकता परेन र उनीहरुले कुनै सर्जरी पनि गराएनन्।केही अभिनेत्री यस्ता छन् कि जसले आफ्नो पहिलेको सुन्दरतामा निखारता ल्याई अझ सुन्दर देखिनको लागि सर्जरीको मद्दत लिए ।

कहिलेकाहीँ आफ्नो रङ कालो भएकै कारण मानिसहरुका आत्मविश्वास कम हुन्छ। बलिउड चलचित्र उद्योगमा थुप्रै अभिनेत्रीहरु जस्तै शिल्पा शेट्टी, काजोल, प्रियंका चोपडा लगायतका अन्य अभिनेत्रीहरुले फेयर कम्प्लेक्सनको लागि स्किन लाइटनिङ ट्रिटमेन्टको सहारा लिईसकेका छन्।

तर केही अभिनेत्री भने यस्ता पनि छन् कि जो पहिले देखि नै निकै गोरो थिए र उनीहरु यतिसम्म गोरी र सुन्दर छन् कि सुन्दर देखिनको लागि मेकअपको कुनै आवश्यकता नै पर्दैन।

तमन्ना भाटिया :

मुम्बईमा जन्मिएकी अभिनेत्री तमन्ना भाटिया दक्षिण भारतीय चलचित्र उद्योगको नाम चर्चित अभिनेत्री हुन्। उनले साउथका थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन्। तमन्नाले बलिउड फिल्ममा पनि काम गरेकी छिन्। उनी साउथकी सबैभन्दा गोरी अभिनेत्री हुन्।

मोनिका बेदी :

अन्डरवर्ल्ड डन अबु सलेम र अभिनेत्री मोनिका बेदीको अफेयर लामो समयसम्म चर्चाको केन्द्र बनेको थियो। प्रहरीले गिरफ्तार गरेपछि मोनिका बेदीले पनि अबु सलेमसँगै जेलमा सजाय भोगेकी थिईन्। मोनिका पनि बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा पर्छिन्।

ज्याकलिन फर्नान्डिज :

श्रीलङ्काकी सुन्दरी ज्याकलिन फर्नान्डिज। ज्याकलिन फर्नान्डिज अहिले बलिउडको लोकप्रिय र प्रसिद्ध अभिनेत्री बनेकी छिन्। आफ्नो छोटो फिल्मी करियरमा उनले ठुला-ठुला चर्चित बलिउड सुपरस्टारहरुसँग काम गरिसकेकी छिन्। ज्याकलिन सुन्दर हुनुको साथै बलिउडको सबैभन्दा गोरी अभिनेत्री पनि हुन ।

अनुष्का शर्मा :

अनुष्का बलिउडकी शीर्ष अभिनेत्री बनेकी छिन्। उनी गत वर्षको अन्त्यतिर क्रिकेटका सम्राट विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। अनुष्का शर्माको सुन्दरताको चर्चा गर्ने हो भने उनी निकै सुन्दर छिन् र उनको रङ दूध जस्तै बिल्कुल सेतो छ।

कट्रिना कैफ :

कट्रिना कैफ दुनियाँको सबैभन्दा सुन्दर र प्रसिद्ध अभिनेत्री मध्ये एक हुन्। कट्रिना कैफको सफलता सलमान खानको ठुलो हात छ। सलमान खानले नै उनलाई बलिउडमा ठुलो ब्रेक दिएका थिए। उनी यस समय बलिउडकी सर्वश्रेष्ठ अभिनेत्री मध्ये एक हुन्। कट्रिना पनि निकै गोरी छन्।

प्रतिक्रिया दिनुहोस