किड्नी फेल हुँदा शरीरले देखाउँछ यस्तो संकेत,सचेत हुनुहोस् नत्र पार्नसक्छ दिमागमा असर

काठमाडौँ । किड्नी मानिसको शरीरको एक महत्वपूर्ण अंग हो । किड्नी शरीरको अतिरिक्त पानीको साथमा हानीकारक र विषाक्त पदार्थलाई पनि बाहिर निकाल्नमा मदत गर्दछ । र हाम्रो शरीरमा बगेको रगतलाई सफा र स्वच्छ राख्दछ । हाम्रो शरीरमा २ वटा किड्नी हुन्छन् ।

हाम्रो शरीरको एक किड्नीले काम नगर्दा दास्रो किड्नीले पनि काम चल्दछ । आजकलको गलत जीवनशैली र गलत खानपानको कारणले अधिकांश मानिसको कम उमेरमा नै किड्नी फेल हुने समस्या देखिन्छ । किड्नि फेल हुनभन्दा पहिला शरीरले यस्तो संकेत देखाउँदछ । आउनुहोस् जानौँ ती संकेत के के हुन् त रु

यदि पिसाब गर्ने बेलामा पिसाबमा रगत देखिएमा किड्नी खराब भएको संकेत बुझाउँदछ । यस्तो अवस्थामा तपाई युरोलोजिस्टलाई सम्पर्क गर्नुहोला ।यदि तपाईको तौल अचानक बढ्दै आएको छ भने र शरीरको अंग सुनिदै आएको छ भने सावधान रहनुहोस् । यो संकेत किड्नी खराब भएको हुनपनि सक्छ ।

यदि तपाईलाई बढि पिसाब लागीरहन्छ या त कम लाग्छ । र रातको समयमा पनि बारम्बार पिसाब लागिरहन्छ भने यो किड्नी अस्वस्थ हुनुको कारण हो ।

किड्नी खराब हुनुको कारणले दिमागको अक्सिजनमा पनि कमी आउन सक्छ । जसको कारणले त्यस व्यक्तिको स्वभावमा मासिनस बोल्दा चर्को आवाजमा बोल्नु,झनक्क रिसाउनु र एकाग्रतामा कमि आउनु हुनसक्छ

किड्नी खराब हुनाले फोक्सोमा पानी जम्ने समस्या पनि हुनसक्छ । र फोक्सोको कार्य क्षमतामा पनि प्रभाव पर्दछ । यस्तो हुनाले सास लिनमा समस्या आउछ । यदि यस्तो लक्षण तपाईमध्ये कसैलाई पनि देखिएमा अनदेखा नगर्नुहोला बरु तुरुन्त डाक्टरकोमा चेकअपको लागी जानुहोला ।

प्रतिक्रिया दिनुहोस