एक व्यापारीले चन्द्रमामा आफ्नो २ महिनाको छोरीको लागि जग्गा किने !

गोर्खाली खवर,

इन्दियाको सूरतको सरथाणा इलाकामा वसोवास गर्ने विजय कथेरियाले आफ्नी दुई महिनाकी छोरीको लागि उपहार स्वरुप चन्द्रमामा जमिन लिएका छन् ।

विजय शिशाको व्यापारी हो । उनले चन्द्रमामा जग्गा किन्नको लागि न्यूयोर्क इन्टरनेशनल लूनार लैंड रजिष्ट्री कम्पनीमा इमेल पठाएका थिए । कम्पनीले आवेदन स्विकार गरेको छ ।

विजय कथेरियाको घरमा दुई महिना अघि छोरीले जन्म लिएकी थिईन् । छोरीको नाम नित्या राखिन् । छोरीको जन्मको समयमा नै विजयले केही खास उपहार दिने वारे सोचेका थिए, जुन उपहार अरु भन्दा फरक होस् ।

विजय कथेरियाले न्यूयोर्क इन्टरनेशनल लूनार लैंड रजिष्ट्रिी कम्पनीसँग सम्पर्क गरे र १३ मार्चमा चन्द्रमामा जमिन किन्न अनलाईन आवेदन दिए । एक एकड भूमि किन्नको लागि दिएको आवेदन कम्पनीले स्विकार गरेको छ । त्यसपछि कम्पनीले सवै कानुनी कारवाही पुरा गरे र विजय कथेरियाको जमिन किन्ने कुराको मन्जुरी भएको इमेल गरेको थियो । त्यस पछि कम्पनीले त्यो सम्वन्धि सवै कागजात पठाएको थियो ।

विजय कथेरिया नै चन्द्रमामा जमिन किन्ने पहिलो व्यापारी हो । नित्या शायद दुनियामा नै सवै भन्दा कम उमेरकी केटी हुन्, जसको नाममा चन्द्रमामा जमिन छ ।

प्रतिक्रिया दिनुहोस