घरवाट निस्केका थिए गाली खाई, चौध वर्ष पछि घर फर्किए सुख सम्पत्ति ल्याई !!!

गोर्खाली खवर,

जसरी भगवान राम १४ वर्षको वनवास काटेर अयोध्या फर्किंदा घरमा खुशी छाएको थियो त्यस्तै मन छुने कहानी हरदोईमा वस्ने रिंकु उर्फ गुरप्रीत सिंहको छ । रिंकु १२ वर्षको उमेरमा आमावावुवाट गालि खाएर २००७ सालमा घरवाट निस्केका थिए । अहिले १४ वर्ष पछि घर फर्केका छन् ।

यसरी १४ वर्ष पछि आफ्नो छोरा घर फर्के पछि परिवार साह्रै खुशी छन् । अहिले उनि २६ वर्षका जवान भएका छन् । यति मात्र होईन उनि आर्थिक रुपमा पनि यति स्ट्रगं भएका छन् कि जसको कल्पना उसको आमा वावुले गरेको थिएन होला ।

यो कहानी वलिउड फिल्मको जस्तै छ । आज भन्दा १४ वर्ष अघि रिंकुलाई उसको वावुले पढाई गरेन भनेर गाली गरेको थियो । जसको कारण रिंकु भित्र नयाँ कपडा र वाहिर पृुरानो कपडा लगाएर चुपचाप घरवाट हिडेका थिए ।

छोरा वेपत्ता भए पछि खोजि गर्दा पनि कतै भेटिएन । आर्थिक रुपमा गरिव आमावावु छोरो नभेटिए पछि निराश भई त्यतिकै वसे । तर एक रात रिंकु १४ वर्ष पछि अचानक उनिहरुको अगाडी देखा परे । मानौ उनिहरुको दुनियाँ फरक भयो ।
१२ वर्ष अघि रिंकु घरवाट निस्केर ट्रेनमा वसी लुधियाना गएका थिए । त्यहाँ एक सरदारसँग ट्रान्सपोर्ट कम्पनिमा काम गरे । त्यहीँ उनले ट्रक चलाउन सिके । त्यस पछि उनि एक दिन ट्रकको मलिक भए । रिंकुले अझ वढि मेहिनत गरे । उनले एक लक्जरी कार पनि किने । लुधियानमा उनले सरदार जस्तै पगडी पनि लगाउन थाले । त्यस पछि उनले गोरखपुरको एक परिवार जो लुधियानमा वस्छन्, उसैको छोरीसँग प्रेम गरि विवाह पनि गरे ।

गुरप्रीतको लुधियानावाट हरदोई आउने कहानी पनि अचम्म कै छ । उनको ट्रक धनवादमा एक्सीडेन्ट भएको थियो । ट्रकलाई छुटाउन उनि आफ्नो कारमा वसी धनवाद गइरहेका थिए । वाटोमा जव उनि हरदोइ पुगे उनलाई आफ्नो गाउँ र परिवारको याद आयो र धनवाद नगई सिधा आफ्नो गाउँ हरदोइ पुगे ।

उनले आफ्नो आमा वावुको नाम त विर्सिसकेका थिए । तर त्यहाँ गाउँलेको मद्दतले आफ्नो आमावावु कहाँ पुगे । १४ वर्ष पछि आफ्नो आमावावु र परिवार भेट्न पाउँदा रिंकु ज्यादे खुशी देखिन्छ र अव उनि आफ्नो परिवारको साथ वस्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस