होलीको पार्टीमा वाल्ड्रोव मालफङ्कसनको शिकार भईन् राखी सावन्त !!!

गोर्खाली खवर, राखी सावन्त होलीको एक पार्टीमा आफ्नो प्रस्तुति दिनको लागि तयारी गर्दै थिईन् । आफ्नो धमाकेदार प्रस्तुतीको लागि राखीले कडा मेहेनत गरेकी थिईन् । तर उनलाइ के थाहा उनी वाल्ड्रोव मालफङ्कसनको शिकार हुन्छिन् भनेर ।

कलर्स च्यानलमा रंग वरसे २०२१ नामक इभेन्ट भइरहेको थियो र जसमा राखीले पनि प्रस्तुति दिनु पर्ने थियो । प्रस्तुति दिनै गईरहेको वेला उनको व्लाउड फाटेर डोरी निस्कीयो । यो देखेर राखी रिसाईन् र अर्गनाइजरसँग रिस पोखे ।

राखीले एक फ्यान पेजको इभेन्टको भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेकि छिन् जसमा राखीले भनिरहेकि छिन्, मैले शुरुवात नै गरेको छैन हेर मेरो व्लाउज फाटियो, डोरी कसरी वनाएको हो । अव सेफ्टीपिनले काम चलाएर आफ्नो प्रस्तुति दिन्छु ।

राखी अगाडी भन्छिन्, सवै आर्टिस्टलाई राम्रो डिजाइजन आवश्यक छ । मेरो साथमा जे भयो त्यो डिजाइनरको कारणले भएको हो, जसले मेरो व्लाउजमा डोरी लगाएको थिएन ।

प्रतिक्रिया दिनुहोस