नेपालमा धेरैमा देखिएको थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ ।

यसको कारण खाएको केही पनि खानेकुरा निल्न समस्या हुने गर्दछ । नेपालमा पनि थायराइडका बिरामी दिनानुदिन बढ्दो छ । स्वास्थ्य क्षेत्रमा बेथितीका कारण थायराइड नभएका मानिसहरुलाई पनि थायराइड भएको भन्दै औषधी दिइने गरिन्छ ।

आउनुहोस्, आज हामी तपाईंलाई थायराइड नोड्युलको लक्षण्को बारेमा जानकारी दिँदैछौं । ता कि आफूलाई थायराइड भए नभएको आफैं पहिचान गर्नमा तपाईंलाई मद्दत होस् ।

थायराइड नोड्युलका लक्षणः
धेरैजसो अवस्थामा थायराइड नोड्युल सजिलै पहिचान गर्न गाह्रो हुन्छ । जबसम्म थायराइड सुन्निँदैन तबसम्म यसको लक्षण नै देखा पर्दैन । यसका लक्षण यस प्रकार छः
– यो सुन्निने भएकाले यसलाई सजिलै सँग पहिचान गर्न सकिन्छ ।
– सुरुवाती अवस्थामा खानेकुरा निल्नमा समस्य हुन्छ ।

– कुनै अवस्थामा थायराइड नोड्युल अतिरिक्त मात्रामा थायराक्सिन हर्मोन निकाल्ने गर्दछ ।
– थायराइड नोड्युलका कारण अचानक तौल घट्नसक्छ ।
– मुटुको धड्कन पनि अनियमित हुने गर्दछ । कहिले कम त कहिले बढि

– यसका कारण बोल्नमा पनि समस्या हुने गर्दछ किनभने यसले भोइस बक्स (लेरिंक्स)लाई संकुचित गरिदिन्छ ।
– राती सुत्नमा समस्या हुन्छ । यस्तो थायराइड नोड्युल बढ्दा हुने गर्दछ ।
– मांसपेशी कमजोर हुने गर्दछ जसका कारण बिरामीलाई कमजोर र थकान महसुस हुने गर्दछ ।

थायराइड नोड्युलका कारणः
आयोडिनको कमीः

खानामा आयोडिनको कमीका कारण थायराइड नोड्युल बढ्ने सम्भावना बढि हुने गर्दछ । यदि तपाईंको आहारमा आयोडिनको मात्रा कमी हुन्छ भने थायराइड ग्रन्थीमा थायराइड नोडलको विकास हुने गर्दछ । यद्यपी, यसको अर्थ यो होइन कि तपाईंले आयोडिनको कमी केवल नुनमार्फत पूर्ती गर्नसक्नुहुन्छ भन्ने होइन । यसको लागि तपाईंले आयोडिनयुक्त आहार पनि खान सक्नुहुन्छ । सबैभन्दा धेरै आयोडिन समून्द्रि माछामा पाइने गरिन्छ ।

थायराइडको टिस्युमार्फत

यदि थायराइड टिस्यु असामान्य रुपमा बढिरहेको छ भने थायराइड नोड्युलको समस्या हुने गर्दछ । यस्तो स्थितीलाई थायराइड एडेनोमा नामले पनि चिनिन्छ–यद्यपी यो ननक्यान्सर हुने गर्दछ जसका कारण गम्भीर समस्या हुँदैन । केही एडेनोमा यस्तो पनि हुने गर्दछ जुन आफसेआफ थायराइड हार्मोनको उत्सर्जन पिट्युटरी ग्रन्थीभन्दा बाहिर गर्दछ । यसका कारण हाइपरथायराइडिज्म पनि समस्या पनि हुनसक्छ ।

थायराइड सुन्निनेः
थायराइड ग्रन्थी जब लामो समयसम्म सुन्निने गर्दछ तब थायराइड नोड्युल हुने सम्भावना बढ्ने गर्दछ । यो स्थितीलाई थायराइडिटिस पनि भनिन्छ । समान्यतया हसीमोटोज एक प्रकारको विकार हो जसले थायराइड ग्रन्थीलाई सुन्नाउन सहयोग गर्दछ र थायराइड ग्रन्थीको कार्यक्षमतालाई कम गर्ने गर्दछ । यसलाई हाइपोथायराइडिज्म भनिन्छ ।

थायराइड क्यान्सरः
थायराइड क्यान्सरमा नोड्युल सानो रहने धेरै सम्भावना हुन्छ । यदि परिवारमा कसैलाई यो रोग छ भने घरका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना हुन्छ । यदि तपाईंको उमेर ३० देखि ६० को बिचमा छ भने यसको जोखिम तपाईंलाई बढि हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस