डाइरेक्टर रोहित शेट्टीले आफ्नो फिल्म सर्कसको सेटको फोटो शेयर गरे – रणवीरसँग ड्राम्याटिक मुडमा देखिए

गोर्खाली खवर,

डाईरेक्टार रोहित शेट्टीले उनको अपकमिंग फिल्म सर्कसको शूटिंग पुरा हुन लागेको घोषणा गरेका छन् । उक्त कुराको जानकारी उनले आफ्नो इन्स्टाग्राममा एक फोटो शेयर गरि गरेका छन् ।

ड्राम्याटिक रुपमा रणविर सिंहसँग उभिएको रोहित शेट्टीको यो फोटो फ्यान्सले ज्यादै मनपराएका छन् । उक्त फोटोको माध्यमद्वारा अहिलेसम्मको अनुभव कस्तो रह्यो वताएका छन् ।

रोहितले फोटो शेयर गर्दै क्याप्शनमा लेख्छन्, यो ज्यादै राम्रो यात्रा रह्यो र अव उल्टो गन्ति शुरु भइसकेको छ । हामी सर्कसको फाइनल शेड्यूल तर्फ अगाडि वढ्दै छौं ।

यो फिल्म सर्कस शेक्सपियरको चर्चित नाटक कमेडी अफ एरर्स मा आधारित छ । वलिउडमा यस नाटकमा आधारित अंगुर नामक फिल्म गुलजारले वनाएको हो ।

फिल्मको स्टारकास्ट ज्यादै ठूलो छ । जसमा ज्याकलिन फर्नान्डिज, सिद्धार्थ जाधव, जोनी लिभर, व्रजेश हिरजी, विजय पाटकर, मुकेश तिवारी, अश्विनी कसेलरसँगै अरु पनि थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ ।

यो रोहित र रणवीरको तेश्रो फिल्म हो । रिपोर्टको अनुसार दीपिका पादुकोण, रोहित शेट्टीको फिल्म सर्कसमा एक डान्स नम्वर र अरु केही कमेडि सिनमा नजर आउने छिन् । सर्कसको रिलिज डेट ३१ डिसेम्वर २०२१ भनि घोषणा भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस