जन्मजात बोल्न र सुन्न नसक्ने लक्ष्मी र महावीरको जोडी फेसवुकले मिलाए

गोर्खाली खवर,
भनिन्छ जोडी सिर्फ भगवानले मिलाउँछ तर अव सोशल मिडियावाट पनि जोडी मिल्ने भएको छ । हो यस्तै भएको छ लक्ष्मीरानी त्रिपाठी र महावीर प्रसाद शुक्लालाई ।

ओडिशाको संवलपुरमा वस्ने ४३ वर्षकी लक्ष्मी र झारखण्डमा वस्ने महावीर दुवै वोल्न र सुन्न सक्दैनन् । उनिहरुको ६ महिना पहिला फेसवुकमा भेट भयो र एक अर्कालाई म्यासेज आदान प्रदान गरे, एक अर्काको वारे थाहा पाए ।

उनिहरु ह्वाट्स् अपवाट पनि सांकेतिक भाषामा कुरा गर्न थाले । टेक्नोलोजीले गर्दा सम्वाधको वाधालाई समाप्त गरेको छ । लक्ष्मी र महावीर जिवनसाथी वन्ने फैसला गरे ।

रविवार २१ मार्च दुुवै विवाहको वन्धमा बांधे । यो खास अवसरमा दुवैको परिवारको सदस्यको उपस्थिति थियो । उक्त विवाह सवै तिर चर्चाको विषय वनेको छ ।

लक्ष्मीले दश कक्षा पछि सिलाई र व्यूटिशियन कोर्ष गरेकी छिन् । महावीर पनि इलेक्ट्रिकल कन्ट्राक्टरको रुपमा काम गर्दछन् । दुवैको परिवारलाई यो विवाहवाट खुशी मिलेको छ । दुवैले सोशल मिडियालाई आभार व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस