वलिउड एक्टर वरुण धवन र एक्ट्रेस कृति सननले होलीको पार्टीमा धुम मचायो 

गोर्खाली खवर,

कोरोना भाईसरको चपेटामा परेको वलिउडको होली अलि फिका भएको अनुभव सेलिव्रेटिहरुले गरेका छन् । किनकी होलीको लागि धेरै पार्टीहरु भइरहेको छैन । तरपनि होलीको सानोतिनो सेलिव्रेसन भइनै रहेको छ ।

यस्तै एउटा सानो सेलिव्रेसन भेडियाको टिमले पनि राखेको थियो । यो होलि सेलिव्रेसको भिडियोमा वरुण धवन र कृति सननले जमेर डान्स् गरि धुम मचाएको छ ।

अहिले भेडिया फिल्मको शुटिंग अरुणाचल प्रदेशमा चलिरहेको छ । होलीको मौकामा आईतवार फिल्मको यूनिटले सानो सेलिव्रेसन राखेको थियो । उक्त सेलिव्रेसनमा वरुण र कृति अक्षय कुमारको एउटा फिल्मको गाना हुक्का वार मा जमेर डान्स् गरेको देखिएको छ । उक्त भिडियोलाई फ्यान्स्ले धेरै लाइक गरेका छन् ।

वरुण र कृतिको अप कमिंग फिल्म भेडिया एक हरर कमेडि फिल्म हो । जसको प्रोडुशर दिनेश विजान हुन् । यो भन्दा अघि दिनेशले स्त्री र रुही जस्तो हरर कमेडि फिल्म पनि प्रोडुस गरेका थिए । उक्त फिल्मको डाइरेक्टर अमर कौशिह हुन् । फिल्ममा कृति, वरुण वाहेक अभिषेक वेनर्जि र दिपक डोवरियाललाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस