सारा अली खानले आफ्नो ड्याड सेफको गानालाई भने “बकवास”

गोर्खाली खवर,

एक्टर सेफ अलि खान र उनको छोरी सारा अलि खान विच रहेको रामो सम्वन्ध शेयर गरिनै रहन्छन् । एक अर्काको सवै कुरा शेयर मात्र होईन एक अर्काको टाँग खिचाइ गरेर पनि आफ्नो फ्यान्स्लाई इन्टर्टेन्मेन्ट गराईनै रहन्छन् ।

तर कहिले काही साराले आफ्नो ड्याडको फिल्म चुज गर्ने क्षमतामा प्रश्न खडा गरिदिन्छिन् ।

केही समय पहिला कफि विथ करण शो मा सेफ र सारा आएकी थिईन् । उक्त टक शोमा करणले सारासाग एक र्यापिड फायर राउण्ड गरेको थियो । त्यस राउण्डमा करणले सेफ अलीको कुन फिल्मले तपाईलाई लाजमर्दो तुल्याउँछ भनि सोधेका थिए ।

यस प्रश्नमा साराले जुन फिल्म भए पनि आफुलाई मतलव नभएको तर वकवास गानाको शूटिंग गरेको आफुलाई नराम्रो लागेको वताईन् ।

सेफले १९९४ मा गरेको फिल्म गद्दार गीतमा डान्स गरेको थियो । त्यहि गीतलाई लिएर साराले प्रश्न गरेकी थिईन् । त्यसोत करणको शो मा सेफले पनि डवल मिनिंग भएको गाना आफुलाई पनि मन नपर्ने वताएको थियो ।

उक्त फिल्मको गाना मेरा चूहा काटेगा, कहाँ हे तेरी विल्ली थियो । त्यो समयमा यस्ता डवल मिनिगंको गाना चल्ने गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस