बलिउडकी टिभी क्विन एकता कपुर बिहे नगरी आमा बनेकी छिन ।यिनले बिबाह नगर्नुको एउटा यस्तो शर्त थियो।।

टिभी क्विनको रुपमा परिचित एकता कपुर आज अर्थात जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । ४४ वर्षिया एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् ।

एकताले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् । एकतालाई कहिले विवाह गर्ने भनेर साेधिएकाे प्रश्नकाे जवाफमा पिताको एक शर्तका कारण आफूले विवाह नगरेको बताएकी छिन् । एकताका अनुसार उनका पिताले विवाह गर्ने कि काम भनेर शर्त राखेका थिए । बुवाको शर्तपछि आफूले कामलाई छानेको बताइन् । विवाह गर्न नचाहने भएकाले आफूले काम छानेको उनले बताइन्।

एकताले अर्को एक अन्तरवार्तामा भनेकी थिइन् ‘मेरा जुन साथीहरुको विवाह भएको थियो, उनीहरु अहिले सिंगल छन् । मैले पछिल्लो केही वर्षमा थुप्रै स,म्बन्धविच्छेद देखेकी छु ।’ एकताले आफूले बच्चा चाहेको तर विवाह गर्न रुची नभएको पनि बताएकी थिइन् । एकता कपुर केही बर्ष पहिला स,रोगेसीमार्फत् आमा बनेकी छिन् । एकताले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।

एकताले कसौटी जिन्दगीकी,कुमकुम भाग्य, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाइसकेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस