ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना,यसरी प्रयोग गर्नुहोस चट्ट हुन्छन यस्ता रोगहरू

एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।

के हुन् मेथी दानाका फाइदा ?भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ

।मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

१. कमजोरीःमेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।

२. स्वस्थ मृगौलाःमेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

३. ग्याष्ट्रिकको समस्याःमेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।

४. सुगर नियन्त्रणमा रहन्छःमेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।

५. हृदयघातबाट बचाउःमेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।

६. बलियो पाचन प्रणालीःभिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

७. स्वस्थ छालाःमेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।

८. कालो, बाक्लो कपालःबिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

९. पायल्सःमेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।१०. पिसाबको समस्याःमेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।

 

प्रतिक्रिया दिनुहोस