वलिउड नायिका आलिया भट्टको ब्यूटि टिप्स् – के हो त उनको सुन्दरताको राज ?

गोर्खाली खवर,

आलिया भट्ट वलिउडको टप अभिनेत्रीमा गनिन्छन् । उनको एक्टिंगको साह्रै तारिफ हुने गरेको छ । त्यही उनको सुन्दरताको त झन मानिसहरु दिवाना नै छन् ।

आलिया आफ्नो फिटनेसको लागि धेरै नै ध्यान दिने गर्छिन् । एकदम व्यस्त लाईफस्टाईल भए पनि उनि केही व्यूटि टिप्स्को पालना नियमित गर्छिन् ।

१) खाना पछि तुरुन्त पानी नपिउने ।
आलिया खाना पछि तुरुन्त पानी पिउँदिनन् । आयूर्वेदमा भनिएको छ कि, भोजनको तूरुन्त वा भोजनको विच अधिक पानीको सेवन नगर्नु । प्यास धेरै लागे एक वा दुई घुटमात्र पानी पिउनु पर्छ । भोजनको विच ज्यादै पानी प्यास लागे सलाद खाएर व भोजनमा भएको दही खाएर प्यास शान्त गर्ने कोशिस गर्नु पर्छ ।

२) फाइवरको धेरै सेवन ।
आलियाको कोशिस हुन्छ की आफ्नो डाइटमा धेरै भन्दा धेरै फाइवरको सेवन गर्ने । यसले स्किनमा ग्लो र वडीमा एनर्जी वढाउन मद्दत गर्छ । आफ्नो इन्स्टाग्राममा स्वस्थ हुनको लागि फल सेवन गर्न जरुरी छ भनि फोटो शेयर गरेकी छिन् ।

३) घरेलु तरिकाको उपयोग
स्किन केयरको लागि आलियालाई घरेलु उपाय ज्यादै मनपर्छ । उनि अरु ब्यूटि प्रोडक्टस् पनि प्रयोग गर्छिन् । आलिया आफ्नो स्किन केयर ह्यावित आफ्नो फ्यान्स्को साथ शेयर गरिरहन्छिन् ।

४) रातको खाना सूर्य अस्ताउनु भन्दा अगाडी
आलिया आफ्नो पाचनतन्त्रको एकदम ध्यान राख्छिन् । उनि रातको खाना सूर्य अस्ताउनु अघि नै खान मन पराउँछिन् ।

५) चिया कफिको त्याग
आलियाले आजकाल विहान उठेर चिया कफि खान छोडेको वताएकी छिन् । मिडियाको अनुसार विहान उठेर चियाकफी नपिउने फैसला स्किन केयरसँग सम्विन्धित छ ।

 

प्रतिक्रिया दिनुहोस