वावु जुन विभागमा पेन्टर थिए, छोरी त्यही विभागको आईपिएस अधिकारी !!! वावुको सपना पुरा ।

गोर्खाली खवर,

आईएएस र आईपीएस परीक्षा भारतको सवै भन्दा प्रतिष्ठित परीक्षा मध्ये एक हो । यसमा भाग लिने उम्मेदवारले कडा महेनत र लगनवाट मात्र यो परिक्षा पास गर्न सक्छ । यस्तै कडा मेहेनतवाट आईपिएस गरे संगीता कालियाले ।

संगीताको जन्म हरियाणाको भिवानीमा भएको थियो । उनको वावु धर्मपाल, फतेहावाद पुलिस विभागमा कारपेन्टरको काम गर्थे । उनले अफ्नो स्कूलिंग भिवानीवाटै पुरा गरी अशोका यूनिभर्सिटीवाट इकोनोमिक्स्मा पोस्ट ग्रेजुएट गरेकी थिईन् ।

उनको वावु उनलाई एक अफिसर वनाउन चाहन्थे । उनको वावुले शिक्षालाई सवै भन्दा वढी महत्व दिएको थियो । संगीताले पनि कडा मेहेनत गरी वावुको सपना पुरा गरेकि छिन् ।

संगिता भन्छिन्, उनले सिविल सर्भिसको लागि प्रेरणा ९० दशकको एक प्रसिद्ध टिभी शो उडानवाट पाएको वताईन् । संगिताले आईपिएस को जाँच तेश्रो प्रयासमा यूपिएससी परिक्षामा सफलता प्राप्त गरेकी थिईन् ।

यूपीएससी परिक्षाको दोश्रो प्रयासमा उनलाई रेलवेमा काम मिलेको थियो तर उनले ज्वाइन गरिनन् । आखिर तेश्रो प्रयासमा आईपिएस वन्न सफल भइन् ।

२०१० मा उनको वावु फतेहावाद पुलिसवाट रिटायर्ड भए । त्यही समय छोरी हरियाणा पुलिसमा एक आईपीएस अधिकारीको रुपमा शामिल भईन् ।

एकचोटी पुलिस विभागको एक सम्मेलनमा जव संगीता शामिल भईन्, उनि कन्फरेन्स् रुमको भित्ता देखेर भावुक भईन् । उनले उक्त भित्ता आफ्नो वावुले पेन्ट गरेको वताईन् । संगीतालाई कडा फैसला गर्न सक्ने भनेर चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस