प्रदर्शकारीमाथि अंधाधुन्ध गोली प्रहार पछि म्यानमारको सेनाले गरे एयर स्ट्राइक, ज्यान वचाउन थाइल्याडको शरणमा

गोर्खाली खवर, म्यानमारमा सेनाले सत्ता कव्जा गरे पछि जनतालाई ज्यान जोगाउन मुश्किल परेको छ । शनिवारको सैनिक कु को विरुद्द प्रदर्शन गरिरहेको जनतामाथि गोली प्रहार गरी ९० जना भन्दा वढिको ज्यान लिएको छ ।

जव यसवाट पनि म्यानमारको सेनाको मन भरेन तव प्रदर्शनकारी माथी हवाई हमला गरेका छन् । यसवाट वच्न दक्षिणपूर्वि करेन राज्यको लगभग ३००० भन्दा वढि गाउँलेहरु आफ्नो ज्यान जोगाउन थाइल्याड तिर भाग्न मजवुर भएका छन् । करेक महिला संगठनले भने म्यान्मारको सेनाले मुतारा जिल्लाको सीमाको नजिकै पाँच क्षेत्रमा हवाइ हमला गरेको छ । जसमा एक विस्थापन शिविर पनि रहेको छ ।

समूहको अर्को एक वयानमा सवैजना हाल ग्रामीण जंगलमा लुकेर वसेका छौं किनकी शरण लिनको लागि ३००० भन्दा वढी मानिस सिमापारी थाइल्याड गइसकेको छ । तर यो वारेमा थाइ अधिकारीहरुले कुनै प्रश्नको उत्तर दिएको छैन ।

मानिसको लागि राहतको काम गर्ने संगठन, फ्रि वर्मा रेजर्सको संस्थापक डेविड यूवैंक भन्छन्, करेन नेशनल यूनियनको कमसे कम दुई सैनिक यस हमलामा मारिएका छन् । हवाई हमला रातमा भएको थियो । रुस, चीन र अरु देशको मद्दतवाट म्यानमारको सेनाको क्षमता वढेको वताउँछन् ।

स्मरण रहोस् सेनाले निवार्चित आंगआनसुचीको लोकतान्त्रिक सरकारलाई ढालेर सैनिक कु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस