चोरलाई निन्द्रा लागे पछि घर मालिकको छोरीको कोठामा सुते त्यसपछि ……..

गोर्खाली खवर,

एजेन्सी २२ चैत्र । कहिले काहीं पत्याउनै नसक्ने घटनाको सामना गर्नु पर्ने हुन्छ । थाईल्याण्डमा त्यस्तै एउटा घटना घटेको छ । यहाँ एक चोरले चोरीको उद्देश्यवाट घरमा घुसे र त्यहाँ एसी देखेपछि निन्द्रा लाग्ला जस्तो भएछ र त्यहिं सुतेछन् ।

उक्त कोठा घर मालिकको छोरीको रहेछ । थाइगर डट कमको एक रिपोर्ट अनुसार उक्त घटना थाईल्याण्डको सेन्ट्रल प्रान्तको हो । यहाँ एक २२ वर्षको व्यक्ति राती २ वजे चोरीको उद्देश्यले घरमा घुस्छन् । पछि उसलाई निन्द्रा आएको महशुस हुन्छ र कोठाको एसी चलाएर त्यही वेडमा सुत्छ ।

विहान जव घर मालिक उठ्छ त हैरान हुन्छ । कोठाको एसी पनि अन भएको र एक व्यक्ति वेडमा सुतिरहेको देख्छ । उक्त कोठा उसको छोरीको भएको तर छोरी वाहिर गएकी हुन्छिन् । त्यसपछि घर मालिकले पुलिसलाई उक्त घटना वारे सुचना दिए पछि

पुलिसले आएर उक्त व्यक्तिलाई उठाउँदा केहि कुरा थाहा नभएको जस्तो आँखा मल्दे उठ्छ । उक्त चोरले घरको मुल्यवान सामान पनि चोरी सकेको हुन्छ तर उसलाई निन्द्रा आएकोले अहिले पुलिसको फन्दामा परेको छ । पुलिसले उक्त चोरसँग सोधपुछ गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस