इतिहासमा पहिलो पटक यति धेरैले घ’ट्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ सोमबार २ सयले घटेको हो ।गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार २३५ मा कारोबार भइरहेको छ।

शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
काठमाडौँ । हिन्दु धर्ममा सबैभन्दा ठूलो भगवान मानिने शिव भगवानका तस्विर अनि मूर्तीहरूमा उनको जटा (कपाल) माथि बसेर पानी फ्याँकिरहेकी एक स्त्रीलाई त सबैले याद गरेकै होला।

यी देवी को हुन् भन्ने चाहिँ सायद कोहिकोहिलाई मात्रै थाहा छ होला। यी हुन् ‘गङ्गादेवी’, जसलाई निर्मल, स्वच्छ अनि कञ्चन जलको प्रतीक मानिन्छ।

विभिन्न हिन्दु धर्मग्रन्थका अनुसार त पार्वतीलाई शिवजीकी पत्नी भनिएकै छ। तापनि फरक फरक कथाका कारण कतिपयले गङ्गादेवी पनि शिवजीकै पत्नी हुनकी भन्ने गरेको सुनिन्छ।

गङ्गा र शिवका बारेमा हिन्दु पुराण तथा ग्रन्थहरूमा केहि कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। वास्तवमा गङ्गादेवीको जन्म ब्रह्माको कमण्डलुबाट भएको विश्वास गरिन्छ।

स्कन्दपुराणका अनुसार, शिव भगवानले ‘हिमावन’की दुवै पुत्री (उमा) (पार्वती) र गङ्गालाई आफ्नी पत्नी बनाएका थिए। त्यसैले नै गणेशलाई ‘गङ्गेय’ भनेर पनि चिनिन्छ।

त्यसैगरी ब्रह्मवैवर्तपुराणका अनुसार, भगवान विष्णुका तीनवटा पत्नी थिए भन्ने उल्लेख गरिएको छ, लक्ष्मी, गङ्गा र सरस्वती। तीनवटै पत्नीहरूले विष्णुलाई बराबर माया गर्थे र उनको माया पाउने इच्छा गर्थे।

जसको कारण उनीहरूमा मनमुटाव उत्पन्न हुन पुग्यो। आफ्ना पत्नीहरूबीच झगडा नहोस् अनि विष्णुले आफ्नो अर्को दुईवटा रूप प्रकट गराए-ब्रह्मा अनि शिव।

लक्ष्मीलाई आफुसँगै राखी, गङ्गालाई शिवसँग अनि सरस्वतीलाई ब्रह्मासँग पठाइदिए।

प्रतिक्रिया दिनुहोस