जन्मजातै अनौठो रो`ग बाग्लुङका रमेश हिँड्डुल गर्न समेत सक्दैनन् : सहयोगका लागि अपिल !

बागलुङ, ३ चैत– जन्मजात नै छालाको अनौंठो रङ – अस्वभाविक रुपमा कालो र बाक्लो छाला । रोग बल्झिदै गएपछि अहिले रमेश परियार हिँडडुल गर्नसमेत सक्दैनन् ।

५ भाइमध्ये माइला छोरालाई छालासम्बन्धी रोगले नछोडेपछि अभिभावक चि-न्तित छन् । बागलुङको बडिगाड गाउँपालिका ७ थामका १६ वर्षीय परियारको छालाको समस्याका कारण बाहिर हिँडडुल गर्न सक्दैनन् । कमजोर आर्थिक अवस्था भएका कारण उनको उपचार पनि हुन सकेको छैन ।

परियारको छाला समस्याबारे विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन, प्रशारण भएपछि अस्ट्रेलियाबाट केही आर्थिक सहयोग प्राप्त भएको थियो । तर, त्यतिले उनको उपचार गर्न पर्याप्त नभएको रमेशका बुवा नन्दबहादुर परियार बताउँछन् ।

‘पछिल्लो समय विभिन्न सन्चार माध्यममा फोटो, भिडियो आउन थालेपछि विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग आउन थालेको छ,’ परियार भन्छन्, ‘यसले उपचारमा केही सहज भएको छ ।’ नियमित उपचार पाउन थालेपछि हाल रमेशको स्वास्थ्यमा केही सुधार आएको र लठ्ठीको साहाराले सामान्य हिँड्डुल गर्न सक्ने भएको परियारले सुनाए ।

रमेशका जेठा दाजु वैदेशिक रोजगारमा कार्यरत छन् । ५ दाजुभाइमध्ये रमेश बाहेक सबैको अवस्था भने सामान्य छ । आफ्नै खर्चमा ६÷६ महिनामा काठमाडौं, सानेपास्थित अपांगमैत्री अस्पतालमा लैजाने गरिएको पारिवारले जनाएको छ ।

आर्थिक स्रोत कम हुँदा सहयोग रकमकोमात्रै भर पर्नु परेको र त्यसमा पनि पछिल्लो समय आउन छाडेकाले उपचारमा समस्या भइरहेको उनीहरु बताउँछन् । ‘सेवा नै धर्म हो भन्ने भावना भएका मनकारी व्यक्तिबाट सहयोग पाए सजिलो हुन्थ्यो,’ बुवा नन्दबहादुर परियारले भने ।

प्रतिक्रिया दिनुहोस