करोडपति देखि रोडपति सम्मको निशान निधारमा हुने !!! तपाईको निधारको निशानले क भन्छ त ?

गोर्खाली खवर,

एजेन्सी, २३ चैत्र । व्यक्तिको निधार, आँखीभौं, ओंठ, आँखाको वनावटको ध्यान दिएर हेर्दा उसको स्वभाव र व्यक्तित्व थाहा पाउन सकिन्छ । तपाईहरुले सुन्नुभएकै होला मानिसको अनुहार उसको विचार र व्यक्तित्वको दर्पण हो । यहाँ हामी व्यक्तिको निधार र त्यसमा भएको निशानले व्यक्तित्वको वारे के वताउँछ, त्यसको वारेमा कुरा गर्न गईरहेका छौं ।

१) यदि निधारमा स्वस्तिकको निशाना छ भने त्यो धेरै शुभ मानिन्छ । ज्योतिषको मात्यता यो छ की उक्त निशाना भएको धेरै जसो व्यक्ति भविष्यमा करोडपति वन्न सक्छन् । तर यो निशाना सजिलै पाउन गाह्रै छ ।

२) जुन व्यक्तिको निधार धेरै चौडा हुन्छ, यस्ता व्यक्ति ज्यादै प्रभावशाली हुने गर्छ । समाजमा उसलाई मान, प्रतिष्ठा, धन सवै प्राप्त हुन्छ । यस्तो व्यक्तिको समाजमा नामी हुन्छन् । यिनले जे निश्चय गर्छ त्यसमा सफलता हासिल नै गर्छ ।

३) जुन व्यक्तिको निधार सानो छ भने यस्तो व्यक्तिको वौद्धिक क्षमता कमजोर भएको मानिन्छ । कुनै पनि काममा सफलताको लागि यिनलाई धेरै मिहेनतको खाँचो हुन्छ । तर पनि सफलता प्राप्त नै हुन्छ भन्ने कुनै निश्चित हुँदैन । यस्ता व्यक्ति धनको संकटमा परिरहन्छ ।

४) निधारमा धनुष, वज्र या अद्र्धचन्द्रको निशाना भने उक्त व्यक्ति ज्यादै भाग्यशालीमा गनिन्छ । यस्ता मानिस जिवनमा धेरै अगाडी वढछन् र धेरै धन कमाउँछन् । जसको निधारमा अद्र्धचन्द्रको निशान छ, उसले व्यापार व्यवशायमा हात हाल्नु पर्छ किनकी उनिहरु उद्योगपति वन्ने संभावना प्रवल हुन्छ ।

५) यदि निधारमा नशा देखिन्छ भने यस्तो व्यक्तिको स्वभाव धेरै रिसाहा र धुर्त हुने हुन्छ । यिनिहरु ज्यादै झगडालु हुने र सानो सानो कुरामा वहस गर्ने स्वभावका हुन्छन् । यस्ता व्यक्तिवाट टाढा वस्नु नै राम्रो हुन्छ ।

६) केही व्यक्तिको निधारमा शंखको निशान हुन्छ । यस्ता मानिसको रुची आध्यात्मको तर्फ हुन्छ । यस्ता व्यक्ति सौभाग्यशाली पनि हुने गर्छ । यो भन्दा वाहेक जस्को निधारमा सीप जस्तो चिन्ह हुन्छ उक्त व्यक्ति एकदम सन्तुलित जिवन विताउने र आदर्श व्यक्तित्वका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस