स्विजरल्याण्ड, जहाँ महिला सैनिक पुरुष सैनिकको अण्डरवेयर लगाउन वाध्य

गोर्खाली खवर, एजेन्सी, २३ चैत्र ।

स्विजरल्याण्ड एउटा विकसित देश तर त्यहाँ एउटा आश्चर्य लाग्दो चलन अझै चलिनै रहेको छ । स्विस आर्मीमा पुरुषहरुको साथै महिलाहरुले पनि जेन्ट्स् अंडरवेयर नै लगाउनु पर्छ ।

जवकी अहिले आएर उक्त व्यवस्था परिवर्तन गर्न गइरहेको छ । लोकल मिडिया रिपोर्टको अनुसार यो परिवर्तनवाट महिलाहरुको सेनामा भागीदारी धेरै वढ्न सक्छ ।

स्विस आर्मीको प्रवक्ता काज गनर सिएवर्टले स्विस न्यूज वेवसाईट वाटसनमा कुरा गर्दै मेल्ट्रीद्वारा उपलव्ध हुने कपडा र अरु केही चिज वितेको कुरा भईसक्यो । हामीलाई मोर्डन हिसाववाट वदल्न जरुरी छ । उनले भने, यो भन्दा पहिला आमीको यूनिफर्म र उपकरण महिला सैनिकको सृुविधाको लागि हुँदैन थियो ।

हामीले यसको लागि महत्वपूर्ण कदम उठाएका छौं । सिएवर्टले भने महिलाहरुको लागि गर्मिमा शर्ट अन्डरवेयर र जाडोमा लंग अन्डरवेयरको व्यवस्था गरेका छौं ।

यो भन्दा वाहेक कम्व्याक्ट क्लोदिंग, प्रोटेक्टिव वेस्ट र व्याकप्याक पनि राम्रो गर्ने प्रयास गरेका छौं । हाम्रो पुरा फोकस फिट र फंक्सनल युनिफर्ममा हुनेछ ।

रिपोर्ट अनुसार स्विस आर्मीको यूनिफर्म ८० को दशक देखि चलि आएको थियो । अहिलेको यो परिवर्तनले सन् २०३० सम्ममा स्विस आर्मीमा महिलाको संख्या वढेर १० प्रतिशत पुग्ने आशा लिएका छौं भनिएको छ ।

प्रतिक्रिया दिनुहोस