मिसेज श्रीलङ्काको अपमान !! स्टेजमा भयो लडाई !!

गोखाीली खवर,

एजेन्सी, २५ चैत्र । श्रीलङ्कामा व्यूटि कन्टेस्ट प्रतियोगितालाई लिएर स्टेज मै विवाद भएको छ । मिसेज श्रीलङ्काको ताज लगाई सके पछि अचानक नाम परिवर्तन गरिएको थियो । शिरवाट ताज निकाल्ने क्रममा पहिला विजेता घोषित भएकी पुष्पिका डि सिल्वाको टाउकोमा चोट लाग्न पुगेको छ । यसवाट दुःखी भएकी पुष्पिकाले अर्गनाईजरको टिम विरुद्द लिगल एक्सन लिने फैसला गरेकि छिन् ।

उक्त व्यूटि कन्टेस्ट श्रीलङ्काको राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रशारण भएको थियो । जसमा पुष्पिका डी सिल्वालाई मिसेज श्रीलङ्काको विजेता घोषित गरेको थियो । तर यसको तुरुन्तै पछि साल २०१९ की विजेता क्यारोलिन जूरिले डि सिल्वाको शिरवाट ताज निकालेकी थिईन् ।

क्यारोलिन भन्छिन्, डी सिल्वा एक तलाक लिएकी महिला हुन् । उनलाई गलत तरिकाले विजेता वनाइएको थियो । क्यारोलिनले डि सिल्वाको शिरवाट ताज निकाली रनर–अप लाई उक्त ताज लगाई दिईन् । त्यसपछि डि सिल्वा रुँदै स्टेजवाट तल झरेकी थिईन् । क्यारोलिनले यस व्यूटि कन्टेस्टमा तलाक लिएकी महिलाले भाग लिन नपाउने नियम भएकोले मैले दोश्रो विजेतालाई ताज लगाउन गईरहेको वताईन् ।

तर आयोजकको जाँचवुझ पछि क्यारोलिनको दावी गलत भएको पाईएको छ । डि सिल्वा तलाक लिएकी महिला नभएर उनि आफ्नो श्रीमानसँग अगल भएकी मात्र थिईन् ।

आयोजकले डि सिल्वासँग यो पुरा घटनाक्रमको लागि माफी मागेको छ । तर डि सिल्वाले स्टेजमा भएको आफ्नो अपमानको लागि लिगल एक्सन लिने भनेकि छिन् । डि सिल्वाले आफ्नो फेसवुक पेज मार्फत जवरजस्ती ताल निकाल्ने क्रममा उनको टाउकोमा चोट लागेकोले अस्पताल जानु परेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस