नासाको वैज्ञानिकले मंगल ग्रहमा देखे अद्भुत पत्थर, वैज्ञानिक भए अचम्म !!

गोर्खाली खवर,

एजेन्सी, २५ चैत्र । नासाको सवै भन्दा महत्वकांक्षी प्रोजेक्ट मार्स मिशनमा गएको यान अव मंगल ग्रहको चक्कर काटि रहेको र त्यसको वारेमा जानकारीहरु पठाईरहेको छ । उक्त जानकारीहरुवाट अहिले वैज्ञानिक विश्लेषण भईरहेको छ ।

धर्तीमा सवै मंगलग्रहमा नासाको हेलीकप्टर इंजेन्यूटीको पहिलो उडानको कहिले हुने भनि प्रतिक्षारत छन् । नासाको पर्सिवरेंस रोवर त्यहाँ पुगेर आफ्नो खोजविन शुरु गरिसकेको र चाँडै नै त्यहाँ जिवनको प्रमाण भएको भेटाउने संभावना   छ ।

यसै विच त्यहाँ एक अचम्म लाग्ने पत्थर भेटिएको छ । यस्तो किसिमको पत्थर मंगलग्रहमा साधारणतया देखिँदैनथ्यो । नासाले यस अद्भुत पत्थरको तस्विर सोशल मिडियामा सार्वजनिक गरेका छन् । उक्त तस्विर रोवरले यही महिना नासामा पठाएका थिए । नासा भन्छन्, यो पत्थर उल्कापिण्डसँग धेरै मिल्दोजुल्दो देखिन्छ ।

नासाले विहिवार उक्त पत्थरलाई लिएर एक ट्विट् गरेको छ, जसमा पर्सिवरेंसको वैज्ञानिकको भनाई छ कि अहिले सम्म यो पत्थर के हो भन्न सकिने अवस्था छैन तर यो असामान्य छ ।

रोवरको ट्विट्को अनुसार यदि ध्यान दिएर यस पत्थरलाई हेरे त्यसमा लेसरको निशाना देखिन्छ । वैज्ञानिकले उक्त पत्थरको जाँच पड्ताल गरिरहेका छन् । तर अहिले नै केही भन्न सकिने स्थिति छैन ।

प्रतिक्रिया दिनुहोस