विवाहको दिन दुलाहालाई थाहा हुन्छ की दुलही त उनको वहिनी हुन्छे ! त्यस पछि …….

गोर्खाली खवर,

एजेन्सी, २६ चैत्र । चीनमा एक विवाहको सिलसिलमा यस्तो स्थिति अगाडी आएको छ कि जसको तपाई कल्पना पनि गर्न सक्नु हुत्र । एउटा विवाहको सिलसिलामा केटाको आमाको आँखा जव हुनेवाला वुहारीको हातमा परे तव उनको होस् उड्यो र उनि ठुलो स्वरले रुन लागिन् ।

खासमा कुरो के थियो भने जो सँग केटाको विवाह भइरहेको थियो उनि त त्यही केटाको वहिनी पो निस्कियो । जव उक्त महिलाले केटीको हात देखे त उनको हातमा जन्मको निशान भएकोले तुरुन्त आफ्नो छोरी भनेर चिने ।

उक्त घटना चीनको जिआनग्सु प्रान्तमा मार्च ३१ मा भएको हो । चीनिया मिडियामा उक्त खवरको धेरै नै चर्चा भएको छ । जव केटीको आमाले हातमा भएको निशाना देखे त्यसपछि उनको आमावावुको वारेमा सोधपुछ गर्दा २० वर्ष अघि उक्त केटीलाई गाद लिएको कुरा थाहा हुन आउँछ । उनिहरुले उक्त केटीलाई सडक किनारामा भेटाएको हुन्छ ।

उक्त खुलासा पछि केटी आफ्नी आमासँग अंगालो हालेर रुन थालिन् र आफ्नो वास्तविक आमावावुको वारेमा सोध्न लागिन् । तर कहानीमा जवरदस्त ट्विस्ट त तव आउँछ जव उक्त विवाह हुनवाट कसैले पनि रोकेन । किनकी केटा पनि गोद लिएको र असली आमा नभएकोले कसैलाई पनि उक्त विवाहवाट केही समस्या नरहेको पाइएको छ ।

भनिन्छ भाग्यले अजिवको खेल खेल्छ । स्थानिय मिडियाको अनुसार २० वर्ष पहिला जव उक्त महिलाकी छोरी हराएकि थिईन तव धेरै खोजी पनि गरे तर पाउन सकेनन् । त्यसपछि उक्त महिलाले त्यो केटालाई गोद लिएको थियो । अहिले त्यही केटोसँग उसकी छोरीको विवाह भएको थियो । यस विवाहमा सवै सहभागिहरु भावुक भए र आफन्तले आमा छोरीलाई वधाइ पनि दिए ।

प्रतिक्रिया दिनुहोस