एक्ट्रेस निया शर्माको समुन्द्रमा एक्सिडेन्ट !!! फ्लाइङ्ग वोर्ड सर्फिङ्गको सन्तुलन विग्रे पछि ……. (फोटो फिचर)

गोर्खाली खवर,

एजेन्सी, २६ चैत्र । आफ्नो ग्ल्यामरस स्टाईलको कारण सधैं चर्चामा रहने एक्ट्रेस निया शर्मा हरेक दिन आफ्नो पर्सनल र प्रोफेसनल लाईफसँग सम्वन्धित चिजहरु फ्यान्सको लागि शेयर गरि नै रहन्छिन् ।

हालै सोशल मिडियामा नियाको एक भिडियो भाईरल भईरहेको छ । जसमा निया समुन्द्रमा फ्लाइङ्ग वोर्डको मजा लिइरहेकी देखिएकी छिन् । यसै सिलसिलामा नियाको साथ एक घटना घट्न पुग्छ ।

भिडियोमा निया ज्यादै राम्रोसँग फ्लाइङ्ग वोर्डमा सर्फ गरिरहेकीे देखिन्छिन् । तर अचानक नियाको सन्तुलन विग्रिन्छ र उनि पानीमा लड्न पुग्छिन् । यस खतरनाक सर्फिङ्ग पनि निया नडराई उल्टै इन्जोए गरि भिडियोको क्याप्सनमा “महान गिरावटको पनि इन्जोय गरियो” भनि लेख्छिन् ।

इन्स्टाग्राममा नियाको ६० लाख भन्दा वढि फलोअर्स छन् । केही घण्टामै उक्त भिडियोलाई ८ लाख पटक भन्दा वढी हेरिएको छ । नियाको फ्यान्सले पनि उनको हौसलाको तारिफ गरेका छन् । भिडियोको फ्यान्सले धेरै किसिमको प्रतिक्रिया पनि दिएका छन् ।

तपाईहरुको जानकारीको लागि नियाको आफ्नो साथी रवि दुवेको साथको एक भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा दुवै मस्तिले डान्स गरेको देखिएको थियो । निया, रवि दुवे र उनकी पत्नी सरगुन मेहेताकी राम्री साथि हुन् । दुवैको साथ निया अक्सर देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस