१० वर्षको वच्चाको हरेक महिनाको आम्दानी १८ करोड !!!

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । डिजिटल प्लेटफर्म अहिलको जमानामा यति पावरफूल भइसकेको छ कि यो प्लेटफर्मले परम्परागत क्यारियरलाई पछाडि धकेली दिएको छ । यसको उदाहरण हो रायन काजी ।

जम्मा १० वर्षको यो वच्चाले केही वर्ष अगाडि डिजिटल क्यारियर शुरु गरेका थिए र आज अरवौंको मालिक भएका छन् । सन् २०१५ मा रायन काजीले आफ्नो यूट्यूव क्यारियर शुरुवात गरेका थिए । रायनले यूट्यूवमा खेलौनाको रिभ्यूको भिडियो देख्न शुरु गरेका थिए ।

उसले रिभ्यू देखेर आफ्नो आमालाई जव सवै वच्चा यूट्यूवमा छ भने म यहाँ के गरि रहेको छुँ । त्यस पछि रायनको डिजिटल यात्रा प्रारम्भ भयो । अमेरिकाको टेक्सासमा वस्ने रायनको भिडियो रिभ्यूको तरिका मानिसहरुलाई ज्यादै मनपरेकोले उनको फ्यान वेस ज्यादै वढ्न लाग्यो ।

रायको लोकप्रियता ३ वर्षमा चरमसीमामा पुगिसकेको थियो । यि ३ वर्ष २०१८, २०१९ र २०२० मा उनि यूट्यूवमा सवै भन्दा धेरै कमाई गर्ने यूट्यूवर भएका थिए ।

रायन काजी यूट्यूवमा खेलौना र गेम्स् को अनवक्स गर्छन् र त्यसको रिभ्यू वनाउँछन् । उनले पछिल्लो साल मात्रै २९.५ मिलियन डलर कमाई गरिसकेका छन् । यो भन्दा वाहेक वल्र्ड ब्रान्डेड टोय एंड क्लोथिङ्गवाट रायनले २०० मिलयन डलर कमाई गरेका थिए ।

आफ्नो यूट्यूव च्यानल भन्दा वाहेक कपडा र खेलौनाको डिलहरु पनि साईन गर्न थालेका छन् । उनको रायन वल्र्ड भन्ने यूट्यूव च्यानल सवै भन्दा लोकप्रिय छ । उक्त च्यानलको ४० मिलियन भन्दा वढि सव्स्क्राइवर छन् ।

प्रतिक्रिया दिनुहोस