बकाइनोको फाइदा : वाथरोगदेखि सेतो दूबीसम्म निको पार्ने (प्रयोग गर्ने विधिसहित)

काठमाडौँ। नेपालको वनजंगलमा थुप्रै किसिमका जडिबुटी पाइन्छ। वनजंगलमा पाइने जडिबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन्। त्यसमध्ये एक हो, बकाइनो। बकाइनो मध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो।

बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ। यसैगरी बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोगहरु केहि हदसम्म ठिक हुने गर्दछ। यसको प्रयोगले महिलाहरुको गर्भाशयलाई पनि फाइदा हुन्छ। बकाइनो घर खेतबारीमा लगाउन सकिन्छ । यो बाख्राको प्रिय घाँस पनि हो ।

बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाइ पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा स्प्रे वा छर्दा थुप्रै किसिममा किटाणु तथा सागशब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूलन गर्छ। यसैगरी, खेत तथा बारीको बीचभागमा बकाइनोको विरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागशब्जीमा लाग्ने किरालाई समेत विकर्षण गर्दछ।

शरीरका लागि बकाइनो फाइदा

– वाथरोग भएमा बकाइनोको गेडा रायो र सस्र्यूंमा पिनेर लेप लगाउँदा वाथ बिस्तारै ठिक हुँदै जान्छ ।

– रगत जमेर गाँठो भएमा बकाइनोको पात पिनेर लेप बनाएर लगाउँदा घाउ छिट्टै निको हुनुका साथै रगत जमेर बसेको ठाउँ पनि सफा भएर जान्छ। – चिलाउने रोगमा बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

– सेतो दूबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठिक हुन्छ ।

– दाद आएको खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाइ कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ ।

– पत्थरी रोगमा भएमा बकाईनोको १ चम्चा पातको रसमा र आधा चम्चा जवाखार मिलाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर निर्मूल हुन्छ ।

– जुका परेमा बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र १/१ चम्चा बिहान÷बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि २÷४ दिनमै ठीक हुन्छ ।

– बकाइनोलाई दाँत माझ्न पनि प्रयोग गर्न सकिन्छ ।

– स्त्रीको मासिक धर्म बढी भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहान÷बेलुका खाने गरेका उक्त समस्याबाट निजात पाइन्छ।

– गर्भाशय शुद्धिका लागि बकाइनोको पातको रस नित्य १÷१ चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस