सुपरमार्केट भित्र प्रवेश गरि विशालकाय छेपारोले मचाए हंगामा !! भाइरल भिडियो सहित ।

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । सोशल मिडियामा कहिले काहीं यस्तो भिडियो भाईरल हुन्छ की जसलाई देखेर हामी अचम्ममा पर्छौं । हालैमा यस्तै एक भिडियो थाईल्याण्डवाट भाइरल भइरहेको छ ।

जसमा एउटा सुपरमार्केटमा विशाल छेपारो घुसेर हँगामा मचाएको छ । उक्त भिडियो जर्नलिष्ट एंडू मार्शलले पोष्ट गरेका थिए । उक्त घटना थाईल्याण्डको राजधानी वैङ्ककमा अवस्थित एउटा सुपरमार्केटमा भएको हो । उक्त समयमा त्यहाँ भएका ग्राहकहरु डराएका थिए ।

भिडियोमा छेपारो डिपार्टमेन्टको राखेको सामानमा चढेको र त्यो सामानहरु खसालेको देख्न सकिन्छ । फेरी सामानहरु माथि चढेर आरामसँग वसेको र त्यहाँ आएका ग्राहकहरु डराएर सवै सामानको नास गर्यो भनि कराएको सुनिन्छ ।

सुपरमार्केटका मानिसहरुले उक्त छेपारो कहाँवाट कसरी आयो थाहा पाउन नसकेको वताए । केही व्यक्तिले भने वाहिरको गर्मिवाट वच्न छेपारो भित्र आएको हुनसक्ने वताए । पछि उक्त छेपारोलाई मानिसहरुले जसोतसो वाहिर पठाए । सोशल मिडियामा उक्त भिडियो ज्यादै भाइरल भएको र थुप्रै कमेन्ट पनि पाएको छ ।

प्रतिक्रिया दिनुहोस