शिल्पा शेट्टीको पति राज कुंद्रा वने जोकर !! भन्छन् म माथि सवै हाँस्छन्, म अलग छु ।

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । राजकुन्द्रा र शिल्पा शेट्टी वलिउडको सवै भन्दा पपुलर कपल्स मध्ये एक हुन् । दुवैको जोकलाई फ्यान्सले ज्यादै मनपराउँछन् । सोशल मिडियामा नयाँ ट्रेण्ड वसाउने काममा दुवै जना अगाडी छन् ।

हालै शिल्पाकी पति राजले एक नयाँ भिडियो शेयर गरेका छन् जसमा उनि अलग्गै अवतारमा देखेका छन् । राजले आफुलाई डीसी यूनिभर्सको फेमस तथा सवै भन्दा खतरनाक विलेन्समा एक जोकरको रोल गरेका छन् ।

हलिउडस्टार वकिन फीनिक्सको यस रोलमा राजले आफुलाई डीपकेक भिडियो एपद्वारा ढालेका हुन् । उक्त एपवाट तपाई आफुलाई मन पर्ने रोलको सिनमा आफुलाई राख्न सक्नुहुन्छ ।

उक्त भिडियोमा राजलाई वकिन फीनिक्सको जोकरको रुपमा देख्न सकिन्छ । भिडियोको शेयर गर्दै क्याप्सनमा “सवैजना म माथि हाँस्छन् किनकी म अगल छु, म उनिहरुमाथि हाँस्छु किनकी उनिहरु सवै एक जस्तै देखिन्छन्” भनि लेखेका छन् । उनले शिल्पाको भिडियो शेयर गर्दै उनले आफ्नो श्रीमतीलाई रानी भनेका छन् ।

प्रतिक्रिया दिनुहोस