राहुल वैद्यको दिशा परमारसँग भयो विवाह, सोशल मिडियामा भयो भिडियो भाईरल

गोर्खाली खवर,

एजेन्सी, २८ चैत्र । राहुल वैद्य र दिशा परमारको विवाहको चर्चा ज्यादै नै भएको थियो । विग वोस १४ को घरमा नै राहुलले दिशालाई विवाहको लागि प्रस्ताव गरेका थिए । अहिले दुवैले गुपचुपको साथ विवाह गरेका छन् ।

अहिले उनिहरुको विवाहको भिडियो वाहिर आएको छ र उक्त भिडियो खुवै भाईरल भईरहेको छ । केही दिन अगाडी विवाहको तस्विर वाहिर आएको थियो । त्यसपछि फ्यान्सले उनिहरु विवाह वन्धनमा वाँधिएको अड्कलवाजी गरेका थिए ।

उनिहरुको विवाहको भिडियो सोसल मिडियामा आए पछि फ्यान्स् हैरान भएका छन् । सवैले वधाई दिइरहेका छन् । राहुल र दिशाले पोस्टमा लेखेका छन्, नयाँ शूरुवात । टिभि इन्डस्ट्रिको स्टार्सले यो नयाँ जोडीलाई खुव वधाई दिइरहेका छन् । फ्यान्सले विवाह कहिले, कहाँ गरेको भनि कमेन्ट गरिरहेका छन् ।

भाइरल भएको भिडियोमा राहुल र दिशाको ड्रेस देखिरहेको छ । दिशाले डार्क पिंक कलरको लेहंगा लगाएकी छिन् भने राहुलले अफ ह्वाइट कलरको शेरवानी लगाएका छन् । दुवैले एक अर्काको हात समाएर अगाडी वढिरहेको देख्न सकिन्छ । त्यही अली गोनी र जस्मिन भसीन पनि देखिएको छ ।

तपाईहरुको यादको लागि राहुल वैद्यले विग वोस १४ हाउसमा दिशा परमारसँग प्रपोज गरेका थिए । दिशा पनि भेट्न गएकि थिईन र उनले राहुलको प्रपोजल स्विकारेकी थिईन् । दुवै धेरै समय देखि एक अर्कासँग डेट गरिरहेका थिए ।

https://www.instagram.com/reel/CNTy1LYhkFi/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस