वलिउडको स्वर्णयुगको गायक किशोर कुमारले जव आफ्नो ढोकामा लेखे “किशोर सँग सावधान” ……

गोर्खाली खवर,

एजेन्सी, २८ चैत्र । किशोर कुमार भित्र शुरुदेखि नै एक वदमाश व्यक्ति लुकेको थियो । त्यसैले मौका मिल्ने वित्तीकै वदमाशी गर्न पछि हट्दैनथ्यो ।

एकचोटीको कुरा किशोर कुमारको आफ्नो वंगला वनाउने काम भईरहेको थियो । तव केही दिनको लागि उनि वार्डन रोडको फ्लाटमा वसिरहेका थिए । फ्लाटको ढोकामा उनले “किशोर सँग सावधान” भनेर लेखिदिए ।

त्यही वेला निर्माता–निर्देशक एचएस रावल उनलाई केही पैसा दिन आए । किशोरलाई पैसा दिएर हात मिलाउन हात अगाडी मात्र वढाएका थिए, किशोरले गालामा एक थप्पड हानी ठुलो ठुलो स्वरले हाँसी ढोकामा “किशोर सँग सावधान” लेखेको देखेन भने ।

किशोर कुमार भारतीय सिनेमाका चर्चित अभिनेताहरु मध्य एक थिए । उनको आवाजको जादुले उनलाई भारतीय सिनेमामा एक अलग पहिचान दिएका थिए । किशोरले सर्वश्रेष्ठ गायकको आठ पटक फिल्मफेयर पुरस्कार जितेको    थियो ।

किशोर कुमारले गानाको शु्रुवात कलेजवाट गरेका थिए । उनी इंदोरको क्रिश्चियन कलेजमा पढ्थे र त्यहीं कलेजको क्यान्टिनमा उधारोमा खान्थे र आफ्नो साथिहरुलाई पनि उधारोमा खुवाउँथे । जव क्यान्टिनमा ५ रुपैया १२ आना उधारो हुन्थ्यो त क्यान्टिनको मालिकले उधारो चुक्ता गर भन्थे । त्यो वेला उनले क्यान्टिन मालिकको कुरा नसुनेझै गरि चम्चा र गिलास लिएर पाँच रुपैयाँ वाह् आना भनि धुन वजाउन थाल्थे ।

भनिन्छ कि किशोर कुमार जव मुम्वई पुगे उनले यसै घटनालाई याद गरि एउटा फिल्ममा पाँच रुपैया वाह्र आने भन्ने गाना गाएका थिए जुन दर्शकले खुवै मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस