पैसा नभएर उपचार गर्न नसकेपछि अल्पनाले यति कलिलै उमेरमा दुवै हात गुमाइन्, छोरालाई मायाले सुम्सुम्याउन पनि पाउँदिन भन्दै भक्कानिइन्

कैलालीको घोडाघोडी नगरपालिका ७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भर्खरै अस्पतालबाट घर आउनुभएकी अल्पनाको दुबै हात थिएनन् । काखमा डेढ बर्षीया छोरा थिए । नजिकै उभिएका श्रीमानले बोत्तलबाट अल्पनालाई पानी खुवाउँदै थिए ।

उनका श्रीमानको बोली पनि नबुझिने अवस्थाका थिए । एका बिहानै र क्सी सेवन गरेको प्रष्ट थाहा हुन्थ्यो । नजिकै पिँढीमा अल्पनाकी वृद्ध सासु गहभरी आँसु लिएर एकोहोरो टोलाएकी थिइन् । यो दृश्य हो गत पुसमा आगो ताप्ने क्रममा आगोमा परेर दुबै हात गुमाउनुपरेको अल्पना चौधरीको । घरमा राती आगो ताप्दै गरेकी अल्पना त्यही रात आगो ताप्ने क्रममा दुबै हात जलेपछि अहिले छोरालाई सुम्सुमाउने ती हात सधैका लागि गुमाएकी छन् ।

घटनाको दिनलाई सम्झदै कल्पनाले पुस १३ गते साँझ श्रीमान , सासु र आफूले खाना खाएपछि सासु छिमेकीको घरमा गएको र श्रीमान पनि गाउँमा गएपछि आफूले आगो ताप्दैगर्दा घटना भएको बताइन् ।छारे रोगकी बिरामी अल्पना बे हो स मै रहेकी र छोरा रोएको आवाज सुनेपछि मात्र छिमेकी र सासुले उनीहरुलाई आगोबाट निकालेका थिए ।

अल्पना र उनको छोरा आर्यनको जलेको घाउको उपचारका लागि स्थानीय अस्पतालदेखि नेपालगञ्ज कोहलपुर हुँदै काठमाण्डौ सम्म नपुगेको भने होईन आर्थिक अभावका कारण उपचार बिचैमा छोडेर घर फर्किएका थिए । जलेको घाउको लामो समय उपचार नहुँदा अहिले उनले दुवै हात गुमाउनु परेको छ । अब अगाडि को जीवन कस्तो हुन्छ सम्झदा भक्कानो छुट्छ ’उनी त्यसो भन्दै भक्कानिइन् ।

५ कट्ठा ऐलानी जमिन र सानो घर बाहेक सम्पति नरहेको अल्पनाको परिवारमा श्रीमान ज्यालामजदुरी गर्न गए पनि उहाँले कमाएको आफैले र क्सी खा ए र सक्ने गरेको परिवारको गुनासो छ ।सासु बुहारिले घरमै खनीखोस्री गरेर जसोतसो गुजारा चलाउने गरेका थिए । बुहारीको दुबै हात गुमेपछि अब अल्पनाको सासुलाई खानाको जोहो गर्ने कि बुहारी र नातिको हेरचाह गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ ।

नेपाली भाषा बोल्न समेत नजान्ने अल्पनाको ७० बर्षीया सासु भुक्नीदेवी चौधरीले आफू पनि बृद्ध भैसकेको र छोराको पनि भर नभएकाले उपचारमा जसरी संघसंस्थाले सहयोग गरे त्यसैगरी कृतिम हात हाल्न सहयोग गरिदिए दुःखी गरिब परिवारको उद्धार हुने बताउँछिन् । गोरखापत्रमा चाँदनी आचार्यको समाचार छ ।

प्रतिक्रिया दिनुहोस