उर्वशी रौतेला वलिउडमा सवै भन्दा महँगो एक्ट्रेस, १० करोड पारिश्रमीक लिने !!

एजेन्सी, २८ चैत्र । वलिउडकी नायिका उर्वशी रौतेला सवै भन्दा महँगो एक्ट्रेसको लिस्टमा आफ्नो नाम पनि शामिल गर्न सक्षम भएकि छिन् ।उनले आफ्नो अपकमिंग फिल्मको लागि १० करोड पारिश्रमिक लिएको वताएकी छिन् । उर्वशी तामिल इन्डस्ट्रीजमा डेब्यू गर्न तयार छिन् ।

उर्वशीले चाँडै नै साउथको विग वजेट फिल्ममा एक माइक्रोवायोलोजिस्ट र आईआईटियनको भूमिकामा देखिने छिन् । विश्वस्त सुत्रको अनुसार उर्वशीले यस मेघा वजेट फिल्मको लागि १० करोड लिएकी छिन् ।दीपिका र प्रियंका पनि उर्वशीले सवै भन्दा महँगो एक्ट्रेसको रुपमा आफ्नो नाम दर्ता गराएकी छिन् ।

आफ्नै सरकारले लागु गरेको कानून उलंघन गरेकी नर्वेकी प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना !
आफ्नै सरकारले लगाएको नियमलाई तोडेकोमा नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई जरिवाना तिराइएको छ। उनले आफूबाट सो नियम उल्लंघन हुन गएकोमा सार्वजनिक रुपमै माफी पनि मागेकी थिइन्।
आफ्नो जन्मदिन मनाउन गरिएको पारिवारिक जमघटमा सामाजिक दूरीको नियम पालना नगरेपछि उनलाई २० हजार नर्वेजियन क्राउन अर्थात् २ हजार ३ सय ५२ डलर ( दुई लाख ८० हजार नेपाली रुपैयाँ) जरिवाना तिराइएकाे हाे।

प्रहरी प्रमुख ओले स्याभेरुदका अनुसार गत फेब्रुअरीको अन्त्यतिर एउटा माउन्टेन रिसोर्टमा प्रधानमन्त्री सोल्वेगले गत फेब्रुअरी २५ का दिन आफनो ६०औं जन्मदिन मनाउन आफूसहित १४ जना परिवारिक सदस्यसँग दुई दिनको लागि नर्वेको राजधानी ओस्लो बाहिर होल नगरपालिकामा गएकी थिइन ।

सोही क्रममा कोरोना रोग नियन्त्रण गर्न नर्वे सरकारले जारी गरेका नियमको उल्लघंन भएको सरकारी संचारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो । त्यो बेला कुनै पनि कार्यक्रममा १० जनाभन्दा बढि मानिस भेला हुन निषेध गरेको थियो। तर, उनकाे जन्मदिनमा १४ जना पारिवारिक सदस्य जम्मा भएकाे बताइएकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस