खुसिको कुरा: कालापानीमा चौकी राख्ने पहिलो प्रधानमन्त्री केपी ओली

काठमाडौ ।

अहिले भारतले नेपाल को कालापानी र लिपुलेखको सिमाना मिचेको छ । यहि बिषयलाई लिएर अहिले नेपाल मा चर्को बिरोध भएको सामाजिक संजाल फेसबुक युटुबमा पनि देख्न सकिन्छ । कालापानी लिपुलेख नेपाल को हो भारत ले मिच्न पाउदैन भनेर नेपाली जनता सडकमा पनि आएका छन । यहि बिषय लाई लिएर ओलि सरकार

ले एउटा राम्रो काम गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी क्षेत्रमा चाैकी स्थापनाको काम गरेको छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो । सशस्त्र प्रहरीको इन्सपेक्टरको नेतृत्वमा टोली कालापानी क्षेत्रमा पुगेर चाैकी स्थापनाको काम सम्पन्न

भएको छ । सरकारको निर्णयपछि सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली पठाएका हुन । बुधबार छाङरुमा सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा

सशस्त्र प्रहरीको बीओपी उद्घाटन समेत सम्पन्न भएको छ । सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । त्यसपछि सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा

सशस्त्रको टोली पठाउन निर्णय गरेको हो । प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्नेछ । सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भाैतिक संरचना समेत बनाउने भएको छ । हामिले यो खबर पाथिभरा बाट साभार गरेका हौ । (नोट: फोटो जोडेर टिमले बनाएको)

प्रतिक्रिया दिनुहोस